‘साउन १ देखि सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य होइन ’
काठमाडौंः यातायात व्यवस्था विभागले साउन १ गते देखि सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको बताएको छ ।
सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य गरिएको भन्दै सर्वत्र आलोचलना भएपछि विभागले एक विज्ञप्ति जारी गर्दै सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट पारेको हो ।
२०७८ कार्तिकमा प्रकाशित सूचना बमोजिम २०७९ श्रावणदेखि अनिवार्यरुपमा जडान गर्नुपर्ने भनिएका प्रकृतिका सवारी साधनमा त्यस्तो प्लेट जडान भए/नभएको अनुगमन गरिने बताएको छ ।
सूचनामा भनिएको छ,‘अन्य सवारीको हकमा सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुले निर्धारण गरेको समय तालिका अनुसार लट अनुसार सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दै सम्झौताको बाँकी समयमा २५ लाख सवारीमा यस्ता प्लेट जडान गर्ने भन्ने नै हो ।’
प्रतिक्रिया दिनुहोस !
२