उपेन्द्रसँग झस्किएका प्रधानमन्त्रीले महन्थसँग गरे छलफल, बाबुरामलाई पनि भेट्दै

उपेन्द्रसँग झस्किएका प्रधानमन्त्रीले महन्थसँग गरे छलफल, बाबुरामलाई पनि भेट्दै

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महत्तो, शरदसिंह भण्डारी लगायतका नेताहरु बालुवाटार पुगेका हुन्।

स्रोतका अनुसार भेटमा यस अगाडि लोसपाले प्रधानमन्त्री देउवालाई बुझाएका ११ बुँदे ज्ञापन पत्र र सरकारका सहभागी हुने विषयमा छलफल भएको छ।

लोसपा सरकारमा तयारी गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादव भने झस्किएका छन्। केहि दिन अगाडि प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसपा अध्यक्ष उपेन्द्र यादवले भेट समेत गरेका थिए।

यता पाँचदलीय गठबन्धनबाट जसपाले लाभ पाउन नसकेको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वयम्ले समेत अभिव्यक्ति दिँदै आएका छन्। उनले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा‘ देशैभर जसपाको अवस्था चाहिँ ‘माझीदाइ’को जस्तो रहेको हो – अरूलाई नदी तार्ने तर आफू चाहिँ वरै बस्ने !’ रहेको टिप्पणी गर्दै आएका छन्। भट्टराई र यादवबीच पार्टीभित्र खटपट भएसँगै देउवाले लोसपालाई सरकारमा सहभागी गराउने गरी छलफल अगाडि बढाएका हुन्।

सरकारमा सहभागी हुनका लागि लोसपाले ‘संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अबिलम्व नागरिकता प्रमाणपत्र प्रदान गर्ने र वैवाहिक अंगीकृतसम्बन्धी हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिनुपर्ने’विषयलाई देउवा समक्ष उठाएका छ। ज्ञापन पत्रमा मधेश आन्दोलन /थरुहट आन्दोलन लगायत विभिन्न आन्दोलनमा लगाइएका झुठा मुद्दा फिर्ता गर्ने र महोत्तरी र कैलालीमा रहेका रेशम चौधरी लगायतका राजबन्दीहरुलाई अविलम्ब रिहाई गर्न माग गरेका थिए।  

त्यसैगरी संविधानमा संशोधन गर्ने, जनसंख्याको आधारमा स्थानीय निकाय, प्रदेशसभा र संघीय संसदमा प्रतिनिधित्वको व्यवस्था गर्ने, जनघनत्वको आधारमा समतामुलक बजेट वितरणको सिद्धान्त लागु गर्ने,पुर्व न्यायाधीश गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने। विगतमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गरिएका सम्झौता लागु गर्ने गराउने पर्ने माग राखिएको छ।

लोसपाका नेताहरुको छलफल सकिएपछि जसपाका भट्टराई पक्षका नेताहरुले देउवालाई भेट्ने तयारी गरेका छन्। भट्टराई पक्षमा बहुमत सांसद र बहुमत केन्द्रीय सदस्य भएको दाबी गर्दै उनीहरु सोमबार दिउँसो प्रधानमन्त्री भेट्न बालुवाटार जान लागेको स्रोतले बताएको छ। ‍


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.