चुरेको संरक्षण नहुँदा तराई मधेसको भविष्य खतरामा : राष्ट्रपति भण्डारी

चुरेको संरक्षण नहुँदा तराई मधेसको भविष्य खतरामा : राष्ट्रपति भण्डारी

सिन्धुली : राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षण गर्न नसक्दा तराई मधेशको भविष्यनै खतरामा परेको बताएकी छन्।

बिहीबार सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित रानीबासमा राष्ट्रपति चुरे–तराई संरक्षण विकास समिति र नेपाली सेनाको श्री नं. १ वन तथा पर्यावरण सुरक्षा गणले संयुक्तरुपमा आयोजना गरेको आठौं चुरे दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले  यस्तो बताएकी हुन् । 

उनले भनिन, ‘विभिन्न जातीका वन्यजन्तु, जडिबुटीजन्य वनस्पतिको खानी र तराई मधेस क्षेत्रमा सिचाईंका लागि आवश्यक पर्ने पानीको मुख्य स्रोत समेत चुरेमै छ । यसको समयमा उचित संरक्षण गर्न नसके तराई र भित्री मधेशकै भविष्य खतरामा पर्छ ।'

उनले चुरेको संरक्षणका लागि वातावरणीय प्रभाव अध्ययनविना प्राकृतिक स्रोतको उत्खनन् तथा सङकलन नगर्न आग्रह गरिन । चुरे क्षेत्रमा जनसंख्या वृद्धि, बसाइ सराइ, भौतिक पूर्वाधार विकासका कारण सहरीकरण दिन प्रतिदिन बढिरहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले यस प्रकारको बृहत्तर वृक्षा रोपण कार्यक्रमले वन क्षेत्रको वृद्धि, जैविक विधिताको संरक्षण, कार्बन संचिति, भूसंरक्षण तथा पानीको स्रोतको वृद्धि गर्न तथा स्थानीय समुदायको जीविको पार्जनको अवसर सिर्जना गर्न मद्दत पुग्ने बताइन् ।

राष्ट्रपति भण्डारीले भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको चर्चा गर्दै चुरे क्षेत्रमा नवनिर्वाचित जनप्रतिनिधिलाई भावी पुस्ताको लागि बाँच्न पाउने अधिकार समेतलाई ख्याल गरेर यस क्षेत्रको व्यवस्थित विकास गर्न आवश्यक रहेको औंल्याइन ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले चुरे विनासका अरबौं रुपैयाँ लगाएर बनाएका सडक र पुलमा जोखिममा परेको बताए । चुरे विनासलाई रोक्न नसक्ने हो भने मधेस प्रदेशकै भविष्य खतरामा पर्ने भएकाले डोजर लगाएर सडक बनाउनेलाई मात्र विकास ठान्न नहुने बताए ।

 पाण्डेले तीनै तहको सरकारको संयुक्त प्रयासबाट मात्रै चुरे संरक्षण हुने धारणा राखे । 

कार्यक्रममा वन तथा वातावरणमन्त्री रामसाय प्रसाद यादवले चुरे संरक्षण गर्न आउने दिनमा वृक्षा रोपण कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने बताए । उनले आउने वर्षसम्म मन्त्रालयको तीन करोड वृक्षा रोपण गर्ने योजना रहेको सुनाउँदै देशभरि नै यतिधेरै वृक्षा रोपण एकै दिन शुभारम्भ भएको इतिहासमा नै पहिलो पटक भएको स्पष्ट पारे ।

चुरे  एक कान्छो पर्वत हो । बालुवा, गिट्टी, माटो, ढुंगा र पत्रे चट्टान छिट्टै क्षयिकरण हुने कमलो भौगर्भिक बनावट हो । नेपालमा पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३६ वटा जिल्लामा झण्डै ८ सय किलोमिटर क्षेत्रमा फैलिएको र कुल भू–भागको १२ दशमलव ७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ । 

जुन निकै सम्वेदनशील छ । चुरे श्रृंखला भित्र नदीले बनाएका केही खोंचहरु जस्तै सिन्धुलीको मरिण र कमला खोच, डडेलधुराको रङगुन उपत्यकाका साथै भित्री मधेसको दाङ, देउखुरी, सुर्खेत, चितवनको उपत्यकासमेत पर्दछन । करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो । 

पछिल्लो समय चुरेको वन विनाश, ढुंगा गिट्टी जस्ता नदीजन्य पदार्थको उत्खनन र सडक निर्माण जस्ता कामले चुरे क्षेत्र जोखिम परेको छ । चुरे श्रृंखला अन्तरगत १ सय ६४ वटा नदी रहेका छन् । हाम्रो देशका प्रायः सबैजसो नदीहरू यही क्षेत्र भई तराईतर्फ बग्ने हुँदा चुरे पहाडको श्रृङ्खला प्राकृतिक रूपले अत्यन्त संवेदनशील रहेको छ । जैविकविविधतामा धनी, दुर्लभ वन्यजन्तुहरूको बासस्थान र जैविक मार्गको रूपमा रहेको यो क्षेत्र हाम्रो सभ्यता, संस्कृति र जीवन पद्धतिसँग अभिन्न रूपमा गाँसिएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०६६/६७ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यन्वयनको सुरूवात गरेकोमा त्यसलाई अझ सशक्त ढङ्गले अघि बढाउनको लागि २०७१ असार २ गते राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठन गरी नेपाल सरकारको मिति २०७४ को निर्णयानुसार गुरूयोजना स्वीकृत भइ सो अनुरूप कार्यक्रम कार्यान्वयन भइरहेको छ । चुरे नेपालको प्रतिष्ठित संस्था राष्ट्रपतिको गरिमासँग जोडिको छ ।

तर, सरकारले नै संरक्षित क्षेत्र घोषणा गरेको चुरेको विनाशलीला अझै रोकिएको छैन । प्रकृतिको अत्यधिक दोहन गर्ने मानवीय व्यवहार नै चुरे क्षेत्रमा जोखिम पैदा गर्ने प्रमुख कारक हो । यस वर्षको वर्षायाम भरखर सुरु मात्र भएको छ । मनसुन वर्षा सुरू भएको पहिलो सातामा नै मुलुकभर – हिमाल, पहाड, चुरे र तराई क्षेत्रमा बाढी,पहिरो र डुबान जस्ता प्राकृतिक विपद्ले ठूलो मात्रामा जन र धनको क्षति पुर्‍याउने गरेको छ । 

चुरे भूपरिधिमा २०६८ को जनगनाअनुसार देशकै आधा भन्दा बढी १ करोंड ४६ लाख ४८ हजार ६ सय ७२ जना यहाँ बसोबास गरेको बताइन्छ । उनीहरुको जीवन चुरेले संकटमा पुर्‍याएको छ ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले विशाल सामुदायिक वनमा वर र पिपलको बिरुवा रोपेर वृक्षा रोपणको शुभारम्भ गरेकी थिइन् । विशाल उपभोक्त वन समूहमा १० हेक्टर जमिनमा मुख्यमन्त्री पाण्डे, वन तथा वातावरणमन्त्री यादव, बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथी सरोज प्रताप राणालगायतले वर, पिपल, आँप, कटहरलगायत १६ हजार बिरुवा रोपेका  हुन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.