अर्थमन्त्रीमाथि छानविन गर्ने संसदीय विशेष समितिमा हेरफेर, पुष्पाको स्थानमा मानबहादुर विश्वकर्मा

अर्थमन्त्रीमाथि छानविन गर्ने संसदीय विशेष समितिमा हेरफेर, पुष्पाको स्थानमा मानबहादुर विश्वकर्मा

काठमाडौंः प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समितिका सदस्‍यहरुको हेरफेर गरेका छन् । 

समितिमा सांसद पुष्पा भुसालको स्थानमा कांग्रेसकै मानबहादुर विश्वकर्मालाई राखिएको छ । 

नेपाली कांग्रेसकी सचेतक समेत रहेकी भुसालले उपसभामुखमा उम्मेदवारी दर्ता गराए पछि उनको स्थानमा विश्वकर्मालाई लिएको हो।

यसअघि समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत,सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्र यादव रहेका थिए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराई करका दर हेरफेर गरेको आरोपमा छानबिन गर्न गत असार २२ मा ११ सदस्यी संसदीय विशेष समिति गठन भएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.