संक्रमणकालीन न्यायलाई पीडित अनुकूल बनाउनुपर्छ : शिवमाया तुम्बाहाम्फे
काठमाडौंः पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेले संक्रमणकालीन न्याय टुंग्याउन सरकार गम्भीर नभएको बताएकी छन् ।
आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद तुम्बाहाम्फेले संक्रमणकालीन न्यायलाई आफू अनुकूल नभइ पीडित अनुकूल बनाउनुपर्ने बताइन् ।
उनले भनिन्, 'संक्रमणकालीन न्याय भनेको पीडितलाई न्याय प्रदान गर्ने प्रणाली हो । यहि विषयमा सरोकारवालाहरुले चासो लिएका छन् । यो विषय संघीय संसदमा समेत प्रवेश गरिसकेको छ । तत्कालीन राज्य र तत्कालीन माओवादी दुवै बसेर सरकार सञ्चालन गरिराखेको अवस्था छ ।'
उनले संक्रमणकालीन न्यायलाई आफू अनुकूल नभइ पीडित अनुकूल बनाउन सरकारले थप पर्यत्न के गर्दैछ भन्दै प्रश्न गरिन्।
प्रतिक्रिया दिनुहोस !