एमालेभित्र अहिले कुनै मत–मतान्तर छैन: महासचिव पोखरेल

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैन: महासचिव पोखरेल
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले पार्टीभित्र कुनै मत–मतान्तर नभएको दावी गरेका छन्। सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले पार्टीलाई पुनर्गठनको कार्ययोजना गर्न कार्यदल गठन गरेको अवस्थामा अहिले पार्टीभित्र कुनै मत–मतान्तर नभएको दावी गरे । उनले कार्यदलले अहिले सुझाव संकलन गर्ने काम गरिरहेको भन्दै कार्यदलको सुझावको आधारमा पार्टी पुनर्गठन हुने धारणा राखे।

एकताबद्ध बनाउनका लागि पार्टीमा शुद्धिकरण,सुदृढीकरण र पुनर्जागरण आवश्यक रहेकाले तीनवटै काम गर्नका लागि पार्टीले पुनर्गठनको कार्ययोजना तयार गर्ने उनको भनाइ छ ।
महासचिव पोखरेलले पार्टी पुनर्गठन गर्ने निर्णय औपचारिक संस्थागत भएको र कार्यदल समेत कुनै निष्कर्षमा नपुगेकाले अहिले एमालेभित्र विवाद र समस्या देखाउने काम उचित नभएको उल्लेख गरे । कार्यदलको निष्कर्षपछि पार्टी थप एकताबद्ध सबल र सुदृढका साथै जनतासँग टुटेको सम्बन्धलाई जोड्ने कुरामा सफल हुने उनले बताए।

त्यस्तै महासचिव पोखरेलले सरकार अविच्छिन्न उत्तराधिकार संस्था हो भन्ने मान्यताको खिलाफमा पुरानो सरकारले गरेका कामहरूबाट अलग गरेर नयाँ यात्रा थाल्ने भन्ने विषय संसदीय प्रणालीभन्दा बाहिरको गतिविधि भएको तर्क गरे।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सबल सुदृढ बनाउने कुरामा असहमति नभएको भन्दै त्यसलाई कमजोर बनाउने कुरा भने स्वीकार्य हुन नसक्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.