तलब वृद्धिको माग गर्दै अर्थमन्त्रालयमा धर्ना
काठमाडौं : काठमाडौं उपत्यकाभित्र कार्यरत नायव सुब्बाहरुले तलब वृद्धि अवैज्ञानिक भएको भन्दै अर्थमन्त्रालयमा धर्ना दिएका छन् ।
सरकारले चालु आर्थिक वर्षमा गरेको तलब वृद्धि मान्य नहुने भन्दै उनीहरुले अर्थमन्त्रालयमा धर्ना दिएका हुन् ।
त्यस्तै, उनीहरुले नायब सुब्बा पदमा १० वर्ष काम गरेकालाई एक तह र १० वर्षभन्दा माथि काम गर्नेलाई दुई तह बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । उनीहरूले सबै तहमा एउटै मितिबाट लागू हुनेगरी प्रत्येक ५ वर्षमा एक तह वृद्धि हुने व्यवस्था गर्न माग गरेका छन् ।
यसैबीच अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको माग पूरा गर्ने आश्वासन दिएका छन् । कर्मचारी संगठनका पदाधिकारीसँगको छलफलका क्रममा मन्त्री शर्माले तलब वृद्धिका साथै मर्यादाक्रमलगायतका विषयहरु पनि मिलाउने बताएको छलफलमा सहभागी कर्मचारीले जानकारी दिएका छन् ।
कर्मचारीहरुले भने आफ्ना माग पूरा नभए मंगलबार सामूहिक बिदा बस्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !