निर्वाचन आचारसंहिता सार्वजनिक, भोज भतेरमा बन्देज लगाइने (पूर्ण पाठसहित)

निर्वाचन आचारसंहिता सार्वजनिक, भोज भतेरमा बन्देज लगाइने (पूर्ण पाठसहित)

काठमाडौं : निर्वाचन आयोले आगामी संघ तथा प्रदेशसभा निर्वाचनका लागि आचार संहिता जारी गरेको छ। राजपत्रमा प्रकाशित निर्वाचन आयोगले आचार संहिता सार्वजनिक गरेको हो। आयोगको निर्णयपछि मात्रै यो लागू हुने छ। 

आचारसंहितामा राजनीतिक दल, नेता-कार्यकर्ता, उम्मेदवार, सञ्चार संस्था, सुरक्षाकर्मी, विभिन्न पेसाकर्मीहरुलाई पालना गर्नुपर्ने विषयहरु बुँदागतरुपमा उल्लेख छ।

राजनीतिक दल वा उम्मेदवारको हकमा जुलुस वा आमसभा गर्दा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टीकर वा अन्य कुनै पनि किसिमको चिज बोक्न बन्देज गरिएको छ। राजनीति दलको पहिचान खुलाइएको विवरण भने वितरण गर्न सकिने आचारसंहितामा उल्लेख छ। 

एकभन्दा बढी राजनीतिक दल वा उम्मेदवारले एकै दिन एकै समयमा कुनै एक स्थानमा कार्यक्रम वा सभा नगर्न आचारसिंहतामा उल्लेख छ। 

प्रचार प्रसारको समयमा १२ घन्टाका लागि तोकिएको छ। बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र प्रचारप्रासर गर्नुपर्ने आचारसंहितामा भनिएको छ। निर्वाचनको प्रचार प्रसार वा जुलुजमा बालबालिकाको प्रयोगमा बन्देज लगाइएको छ। 

त्यस्तै मनोनयन गर्न जाँदा २५ जनाभन्दा धेरै उपस्थित नहुन आचारसंहितामा उल्लेख छ। अनलाइन वेव पेज, टिभी, स्क्रोलिङ, डीस्प्ले आदिमा उम्मेदवारको प्रचार प्रसार गर्न पाइने छैन। तर पार्टी वा उम्मेदवारको आधिकारिक वेवपेजमा भने त्यस्तो सामग्री राख्न सकिने आचारसंहितामा उल्लेख छ। 

त्यस्ते कसेको भावनामा ठेस पुग्ने किसिमका प्रचार प्रसार गर्न पाइने छैन भने धर्मका नाममा पनि कुनै प्रचार गर्न पाइने छैन। निर्वाचनमा विजयी भएको उम्मेदवारले कुनै प्रकारको भोज भतेर वा नगर जिन्सी वितरणसमेत गर्न नपाइने आचारसंहितामा उल्लेख छ। 

आचारसंहिताको पूर्ण पाठ:


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.