फाइनलअघि कासियास र दीपिका ट्रफी बोकर रंगशालामा
दोहा : फिफा विश्वकपको फाइनलअघि सन् २०१० को विश्वकप विजेता इकर कासियास र बलिउड अभिनेत्री दीपिका पादुकोणले ट्रफी सार्वजनिक गरेका छन्। लुसेल रंगशालामा केही बेरमा सुरु हुने फिफा विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै छन्।
सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को नतिजामा पराजित गरेको थियो। यस्तै साविक विजेता फ्रान्सले मोरक्कोलाई २–० को नतिजामा परातिज गर्दै फाइनलमा स्थान बनाएको थियो।
अर्जेन्टिना अन्तिम पटक सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेको थियो। जहाँ जर्मनीसँग पराजित भएको थियो। चार वर्षअघि फ्रान्सले फाइनलमा क्रोएसियालाई पराजित गर्दै उपाधि जितेको थियो।
सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप स्पनले जित्दा कासियास कप्तान थिए।
प्रतिक्रिया दिनुहोस !