देउवा संसदीय दलको नेता बन्दा गठबन्धनलाई सहज !

देउवा संसदीय दलको नेता बन्दा गठबन्धनलाई सहज !

काठमाडौंः नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन जित्दा सत्ता गठबन्धनलाई सहज हुने देखिएको छ । देउवाले कूल मतको ७२ प्रतिशत अर्थात् ६४ मत जितेपछि गठबन्धन घटक दललाई सत्तासमीकरणमा सहज हुने देखिएको हो । 

देउवा गठबन्धनकै निरन्तरता दिनुपर्ने अडानमा छन् । आगामी दिनमा सत्ता गठबन्धन टुट्न नदिने र पावर सेयरिङमा सरकार बनाउने पक्षमा देउवा भएकाले पनि गठबन्धनका नेताहरुले देउवाको जितलाई रुचाएका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दावी गरे । उनले भने, ‘गठबन्धनकै सरकार बन्छ । शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्नुपर्नेछ । र यो गठबन्धनलाई निरन्तरता दिएर राजनितिक निकास दिन देउवाजीले अभिभावकत्वको भूमिका निर्वाह गर्नुहुन्छ ।’

संसदीय दलको चुनावमा गगन थापाले टक्कर दिँदा गठबन्धन घटक दलहरु झस्किएका थिए । उनीहरुको आंकलन थियो, ‘गगन थापाले संसदीय चुनावमा जिते कतै गठबन्धन त भत्किदैन । ’

थापाले जितेको भए राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य दल मिलेर सरकार बन्ने र गठबन्धनमा तितोपना आउने आँकलन समेत गर्न थालिएको थियो । थापा पार्टीभित्रको सन्तुलन मिलाएर संसदीय दलको नेतामा भिडेका थिए । पार्टीभित्र शेखर कोइरालालाई भावी पार्टी सभापतिको उम्मेदवारी बनाउने सर्तमा संसदीय दलको नेतामा उम्मेदवारी दिएका थिए। २५ मत मात्रै प्राप्त गरी पार्टी सभापति देउवासँग पराजित भए।

आगामी रणनीति तय गर्नेबारे आजै सत्ता गठबन्धनको बैठक बस्ने तयारीमा छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.