आन्दोलनका क्रममा बन्दी बनाइएकाको रिहाइको पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनका क्रममा अन्यायपूर्ण तरिकाले बन्दी बनाइएकाहरुको रिहाइका लागि ठोस कदम चाल्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले तराई मधेश आन्दोलनका क्रममा अन्यायपूर्ण तरिकाले बन्दी बनाइएकाको कानुन सम्मत तरिकाले रिहाइका लागि ठोस अग्रसता लिने बताए। सत्ता साझेदार दलले पनि न्युनतम साझा नीति तथा कार्यक्रममा बन्दी रिहाइको विषयलाई प्राथमिकतामा राखेको छ।
संघीयता कार्यान्वयन र जनताको हितमा राज्य संयन्त्रको परिचालन गरिने उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले सीमा समस्या समाधान सरकारको पहिलो प्राथमिकता रहने बताए।
उनले भने,' सीमाको प्रभावकारी व्यवस्थापन र सीमा समस्या समाधान सरकारको पहिलो प्राथमिकता रहनेछ।'
प्रतिक्रिया दिनुहोस !