संसदमा प्रधानमन्त्री प्रचण्डका ८ प्रश्न

संसदमा प्रधानमन्त्री प्रचण्डका ८ प्रश्न

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा ८ प्रश्न गर्दै समस्याका रुपमा रहेका प्रश्नको उत्तर खोज्न पनि निर्देशन दिएको बताएका छन्। आफूले सचिवहरूलाई बोलाएर प्रश्न सोधेको उनले बताए। 

यी हुन् प्रधानमन्त्री प्रचण्डले सोधेका ८ प्रश्न: 

१ राहदानी बनाउन राति दुई बजेदेखि बस्नुपर्ने बाध्यताले एक नागरिकले कसरी राज्यको भरोसा गर्दछ?

२ अहिलेकै गतिमा राष्ट्रिय परिचयपत्र वितरण हुने हो भने कति दशकमा तीन करोड नेपालीले राष्ट्रिय परिचयपत्र पाउने छन्?
३ सवारी चालक अनुमति पत्र लिन पनि वर्षौं कुर्नुपर्ने कारण के हो?
४ सरकारी अस्पताल र सामुदायिक विद्यालयको स्तर किन खस्कियो?
५ प्रविधिको यत्रो विकास भइसक्दा पनि सरकारी अस्पतालमा नाम दर्ता गर्नमात्र किन घण्टौ कुर्नुपर्छ?
६ सरकारी अस्पतालमा सामान्य शल्यक्रिया गराउन पनि किन तीनचार महिना कुर्नुपर्छ?
७ अस्पतालका उपकरण किन महिनौ बन्दैनन्?
८ अनुदानका सामग्री किन स्टोरमा थन्किन्छन्

प्रचण्डले भने, 'यी सेवा प्रवाहलाई सहज र विकासको गतिलाई तीव्र बनाउन नीतिगत कुराको जिम्मेवारी म लिन्छु परिणाममुखी तपाइँहरूले बनाउनुहोस् भनेर नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिइसकेको छु।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.