म दौरासुरुवालको विरोधी होइन: प्रचण्ड

म दौरासुरुवालको विरोधी होइन: प्रचण्ड

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू दौरासुरुवालको विरोधी नरहेको बताएका छन्। 

संसद बैठकमा विश्वासको मतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले परिस्थितिले दौरासुरुवाल नलगाएको भए पनि आफू दौरासुरुवाल विरोधी नहरेको बताए। 

प्रधानमन्त्री बन्न समर्थन जुटेपछि आफूसँग जोडिएका धेरैले प्रधानमन्त्री हुँदा दौरासुरुवालमा हेर्न चाहाना राखेको पाएको पनि प्रचण्डले बताए। राष्ट्रपतिदेखि आफ्नै साथीहरूले पनि दौरासुरुवालमा हेर्न चाहना राखेको पाएको उनले बताए। 

प्रधानमन्त्री प्रचण्डले भने, 'राष्ट्रपतिले तपाइँलाई दौरासुरुवालमा हेर्न मन छ भन्नुभएको थियो। केपी ओली, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने जीहरूले पनि तपाइँलाई दौरासुरुवालमा हेर्न मन छ भन्नुभएको थियो। धेरैको चाहना अनुसार नै मैले पनि दौरा सुरुवाल लगाएँ। अहिले पनि लगाएको छु। मैले पहिलेदेखि भन्दै आएको पनि छु म दौरासुरुवालको विरोधी होइन है।'

दौरासुरुवालमा बानी पर्दै गएको बताउँदै प्रचण्डले भने, 'मैले दौरा सुरुवाल लगाउने भन्ने विषय सञ्चारमाध्यममा पनि जोड तोडका रुपमा आयो। मैले हेरेँ, कमेन्ट पनि पढेँ। अहिले म दौरा सुरुवाल लगाइरहेको छु । बानी पर्दै पनि छु।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.