प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८ र विपक्षमा २ मत

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८ र विपक्षमा २ मत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत पाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा २६८ सांसदले मत दिए भने विपक्षमा २ सांसदले मत दिए। राष्ट्रिय जनमोर्चा  र नेपाल मजदुर किसान पार्टीका एक-एक सांसदले विश्वासको मत दिएनन्। 

नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा पेस गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेकाले प्रतिनिधिसभाको विश्वासको मत रहेको जेष्ठ सदस्य पशुपति शमशेर राणाले सदनलाई जानकारी दिए।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले विश्वासको मत दिएका हुन्। त्यस्तै, स्वतन्त्र सांसद अमरेष सिंह र योगेन्द्र मण्डलले पनि विश्वासको मत दिए।

प्रचण्डलाई बहुमतका लागि १ सय ३८ मत आवश्यक थियो। प्रधानमन्त्रीको दाबी पेस गर्दै उनलाई १६९ सांसदको समर्थन रहेको थियो।

एमालेसहित सात दलको समर्थनमा पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। प्रधानमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार प्रचण्डले आज विश्वासको मत लिएका हुन्। सात दलको समर्थनमा तेस्रो पटक प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.