मैले जे प्रतिवद्धता गरेको छु, त्यसलाई पूरा गर्ने अवसर आएको छ: प्रचण्ड

मैले जे प्रतिवद्धता गरेको छु, त्यसलाई पूरा गर्ने अवसर आएको छ: प्रचण्ड

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले गरेको प्रतिवद्धता पूरा गर्ने जिम्मेवारी प्राप्त भएको बताएका छन्। 

संसदबाट प्रधानमन्त्रीमा विश्वासको मत प्राप्त गरेपछि बाहिरिनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले संसदले दिएको जिम्मेवारीले गर्व महशुस भएको बताए। उनले यो ठूलो चुनौती रहेको पनि उनले बताए। 

प्रचण्डले भने, 'विश्वासको मतमार्फत मैले जे समर्थन पाएँ त्यसले मलाई गौरव महशु भएको छ। निक्कै ठूलो चुनौती थपिएको महशुस पनि भएको छ।'

संसदबाट पाएको समर्थन आफैँले गरेका प्रतिवद्धता पूरा गर्ने जिम्मेवारी भएको पनि उनले बताए। प्रचण्डले भने, 'यो एक जिम्मेवारीको कुरा हो। मैले जे प्रतिवद्धता गरेको छु। त्यो पूरा गर्ने जिम्मेवारी प्राप्त भएको छ।'

कांग्रेससँग सहमति गरी विश्वासको मत लिनुभएको हो भन्ने प्रश्नमा प्रचण्डले भने, 'मैले कुनै सहमति गरेको छैन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.