सभामुखको निर्वाचन माघ ५ गते
काठमाडौं : प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिए। उनले सभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचन अधिकृत तोकेका छन्।
नेपालको संविधानमा निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बसेको थियो। प्रतिनिधिसभाको अर्को बैठक आगामी माघ ५ गते बिहान ११ बजे बस्नेछ।
प्रतिक्रिया दिनुहोस !