गठबन्धन दलमा अलमल भएपछि मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी पेस हुन सकेन

गठबन्धन दलमा अलमल भएपछि मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी पेस हुन सकेन

जनकपुर : गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै मंगलबार मधेस प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्य हुन सकेन। गठबन्धनका अन्य दलले चिसोका कारण सांसद जनकपुरमा आइपुग्न ढिलाइ भएको र अन्य व्यवस्थापकीय तयारी बाँकी रहेको जनाएपछि दाबी पेस गर्न नसकिएको जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश प्रमुख रामबाबु यादवले जानकारी दिए।

यसअघि जसपा मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै सरकार गठनका लागि मंगलबार नै दाबी पेस गर्ने भनिएको थियो। 

प्रस्तावित मुख्यमन्त्रीका दावेदार जसपा मधेस प्रदेश संसदीय दलका नेता यादवले पनि सत्ता गठबन्धनका अन्य दलले तयारी नपुगेको भनेपछि मंगलबार दाबी पेस हुन नसकेको बताए। उनका अनुसार सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) ले मंगलबार दिउँसोसम्म संसदीय दलको नेता चयन गर्ने र अन्य दलले पनि आन्तरिक तयारीपछि दिउँसो ४ बजेसम्म दाबी पेस गर्ने भनिएको थियो तर माओवादी केन्द्रले दलको नेता चयन गर्न सकेन। 

'सबै तयारी भए किन अन्तिमसम्म कुर्ने भन्ने थियो, तर आज आन्तरिक तयारी नपुगेपछि दाबी पेस हुन सकेन,' नेता यादवले भने, 'अब माओवादी केन्द्रले दलको नेता चयन र अन्य दलको आवश्यक तयारी पूरा भएपछि दाबी पेश गर्छौं, सम्भवतः भोलि नै गर्छौं।' 

प्रदेश प्रमुख हरिशङ्कर मिश्रले यही २८ पुस दिउँसो ४ बजेसम्म सरकार गठनका लागि आह्वान गरे। केन्द्रीय सत्ता समीकरणमा रहेका दलहरूबीच मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.