दोस्रो पप्प फेस्ट लिफ्टिङ प्रतिस्पर्धा
काठमाडौं : दोस्रो पप्प फेस्ट लिफ्टिङ मिट प्रतिस्पर्धा आयोजना भएको छ । काठमाडौंमा रहेका विभिन्न जिमले सहभागिता जनाएको कार्यक्रममा उनीहरूले आफ्नो शारीरिक शक्तिको प्रदर्शन गरेको थिए । यो कार्यक्रमलाई नेपालको फिटनेसमा नयाँ पार्टको रूपमा हेरिएको छ । कार्यक्रममा तीन सयभन्दा बढी दर्शको सहभागिता रहेको थियो ।
३९ जनाले सहभागिता जनाएको कार्यक्रममा उनीहरूले डेडलिफ्ट, बेन्चप्रेस, सर्किट र स्वार्ड गरी विभिन्न चार चरणमा प्रतिस्पर्धा गरेका थिए । यो कार्यक्रमको प्रायोजन ग्लुकोभिटाले गरको थियो । यसका साथै बेनेली, फोनिक्स, बोटलस, बेल्लेन्डर मिल्कमान्डुको प्रायोजनामा आयोजना भएको हो । कार्यक्रममा ग्लुकोभिटाले नि:शुल्क रूपमा ओरेन्ज र लाइम जुस सहभागीलाई उपलब्ध गराएको थियो ।
प्रतिक्रिया दिनुहोस !
३