विकास कोषका वनस्पति अधिकृत नै काठ तस्करीमा
बुटवल : लुम्बिनी विकास कोष परिसरमा हरेक वर्ष आगो लाग्नुको रहस्य खुलेको छ । विकास कोषमा वनस्पति संरक्षणको जिम्मा लिएर बसेका अधिकृतले नै काठ तस्करीका लागि आगो लगाउने गरेको रहस्य खुलेको हो ।
विकास कोषले आगजनी हुन नदिनका लागि कडा निगरानी गरे पनि बर्षौदेखि नियन्त्रण हुन सकेको थिएन । विकास कोषका सदस्य सचिव अजितमान तामाङले लुम्बिनीमा सुनियोजित रुपमा आगो लगाउने गरिएको बताउदै आए पनि व्यक्ति पक्राउ गर्न सक्नुभएको थिएन ।
तर शुक्रबार जिल्ला वन कार्यालय रुपन्देहीले विकास कोषका बनस्पती अधिकृत सबिर अहमद खाँलाई चोरी गरेको काठ सहित पक्राउ गरेपछि रहस्य खुलेको हो । केही समयअघि जिल्ला वनबाट १५ सय रुख काट्ने अनुमति लिएको विकास कोषले ३५ सय रुख काटेको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारको उजुरी त्यसै सेलाउदै गएको बेला वन कार्यालयले तस्करी पक्राउ गरेको हो ।
वनस्तपती अधिकृत खाँले लुकाई राखेको काठ जिल्ला वञन कार्यालयबाट गएको टोलीले कोषको परिसर बाहिर राखिएको १२ थान र साबिक कम्हरीया गाबिस वडा नं ९ मा रहेको सग्गिर स मिल परिसरमा लुकाई राखेको अवस्थामा २१ थान सिसौको काठ बरामद गरेको हो ।
लुम्बिनी क्षेत्रमा काठ तस्करी भइरहेको सूचनाका आधारमा दुई स्थानबाट उक्त परिमाणको काठ बरामद गरेको जिल्ला वन कार्यालय रुपन्देहीका सहायक वन अधिकृत गिरीराज पन्तले जानकारी दिनुभयो । स-मिलका सञ्चालकले अधिकृत खाँको काठ रहेको खुलाएको उहाले बताउनुभयो ।
स्थानीय काठमिल सञ्चालकले सबिर अहमदको काठ भएको र निजको खेतबाट काटेको बताएपछि वन कार्यालयको टोली अहमदको खेतसम्म पुगेर अनुसन्धान गरेको थियो ।
‘अहमदको खेतमा सिसौ काटिएको पायौं तर त्यहाँ काटिएको समय, सिसौको परिमाण र त्यसको गोलाई बिस्तृत अनुसन्धान गर्नुपर्ने हुन्छ । प्रारम्भीक अनुसन्धानले खेतमा काटिएको र बरामद भएको काठको प्रकृत्ति मिल्दैन' उहाले भन्नुभयो ।
खाँलाई पटक-पटक लुम्विनी बिकास कोष परिसर भित्रका काठ तस्करीमा संलग्न रहेको आरोप लाग्दै आएको भएपनि यसअघि यसरी बरामद भने हुन सकेको थिएन ।बनस्पती अधिकृत खाँले बिगतमा बिभिन्न ढंगले कोषका पदाधिकारीसंगको मिलोमतोमा अनाधिकृत ढंगले काठ काटी तस्करी गरेको आरोप लाग्दै आएको थियो । लुम्बिनी विकास कोषमा कार्यरत कर्मचारीहरुले कोषभित्रका काठ चोरीमा समेत सबिरको हात रहने आरोप लगाउँदै आएका थिए ।
लुम्बिनी विकास कोषका एक कर्मचारीले हरेक वर्ष रुख कटान गर्नका लागि आगो लगाएर सुकाउने गरिएको बताए । ‘रुख सुकेपटि काट्ने अनुमति हुन्छ, त्यसकै लागि विकास कोषमा लागो लगाइएको हो, उनले भने । लुम्विनी बिकास कोषका बनस्पती अधिकृत खाँले कोष परिसरका बिरुवा नष्ट गर्ने र हरेक बर्ष बृक्षारोपणका नाममा लाखौं रुपैया खर्च गर्ने गरेको समेत आरोप लाग्दै आएको छ । वनस्पती अधिकृत खाँले भने बरामद भएको काठ आफ्नो खेतको भएको र केहि समय पहिले कटान गरेको दाबी गर्नुभएको छ ।
वनस्पती अधिकृतलाई कोष भित्र वृक्षारोपण गर्ने, सुकेका, ढलेका रुख व्यवस्थापन गर्ने अधिकार रहेको छ ।
प्रतिक्रिया दिनुहोस !