नेपालगन्जमा इद धुमधामसँग मनाइयो

 नेपालगन्जमा इद धुमधामसँग मनाइयो

नेपालगन्ज : मुस्लिम समुदायले धुमधामसँग इद उल फित्र मनाएका छन् । सामाजिक सदभाव र शान्तिको कामना गर्दै मुस्लिम आफ्नो पवित्र चाड इद मनाएका हुन् ।नेपालगन्जको विपिचोकस्थित इदगाहा भेलामा नवाज पढी उनीहरुले इद मनाएका हुन् । इदको अवसरमा गला मिलाएर शुभकामना समेत साटसाट गरेका थिए । अगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवार इदमा शुभकामना साटसाट गर्न इदगाहा पुगेका थिए ।

नेपालगन्ज उपमहानगरपालिका मेयरका उम्मेदवार डा. सुरेश कुमार कनौडिया(नेपाली काँग्रेस), समसुद्दिन सिद्धिकी(एमाले), दामोदर आचार्य(माओवादी केन्द्र), डा. धबल शम्शेर जबरा(राष्ट्रिय प्रजातन्त्र पार्टी), कमरुद्दिन राई (संघीय समाजवादी फोरम) लगायतले इदको अवसरमा इदगाहामा गएर शुभकामना साटासाट गर्नुभएको थियो ।

मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले शान्ति र सदभाव कायम गर्दै इद मनाएको बताउनु भयो । धर्मगूरु मन्जुरीका अनुसार इद को अर्थ खुशियाली हो, रमजान सकिएको उपलक्ष्यमा खुशियाली मनाइएकाले यो पर्वको नाम इद -उल-फित्र हुन गएको हो ।इस्लामका प्रवर्तक तथा अल्लाहका सन्देशवाहक पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैहिवस्सलामले रमजानका बारेमा रमजान सुरु भएपछि स्वर्गको ढोका खोलिने र नर्कका ढोका बन्द हुने भन्ने विश्वास रहिआएको छ ।

इस्लामिक पात्रो हिजरी सम्वत अनुसार रमजान नवौं महिना अन्तर्गत पर्दछ । उक्त पात्रोमा यसलाई पूर्ण रुपमा ‘रमजानल मुबारक' भनिन्छ । बिश्वभरका ईस्लाम धर्मावलम्बी मुसलमान महिनाभरी एक महिनासम्म रोजा बस्दछन् । इद को दिन बिहानै उठेर नुहाई धुहाई नयाँ सफा लुगा लगाएर सबै मुसलमान नमाजपछि इद को बिषेश परिकार सेवईका साथै अन्य मिठाइका परिकार र खानेकुरा खाएर शुभकामनासहित पाहुनालाई स्वागत गर्छन् । यो क्रम दिनभर चलिरहन्छ । अरबी पात्रो अनुसार रमजान नवौं महिना हो । आत्मसंयम र शुद्धिका लागि नवौं महिनामा एक महिना भर रोजा बसी दशौं महिनाको पहिलो दिन इद मनाउने चलन रहेको मौलाना मन्जरीले बताउनु भयो ।

उहाँले रमजान सकिएको खुशियालीमा इद गाहमा जम्मा भएर सामूहिक रुपमा प्रार्थना गरी एकआपसमा शुभकामना साटासाट गरेर इद मनाइरहेको बताउनु भयो ।उहाँले रोजा सूर्योदय हुनुभन्दा अघिदेखि सूर्यास्तसम्म चल्ने र यस महिनामा धनी वर्गले गरीबलाई आर्थिक सहयोग लगायत अन्य दान दिने चलन रहेको बताउँदै रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिना भन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास रहेको बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.