सुनकोसीमा डुबेर बालिका वेपत्ता, बालकको उद्धार
सिन्धुली : सुनकोसी नदीमा डुबेर एक बालिका वेपत्ता भएकी छिन् भने एक बालकको बेहोस भएको अवस्थामा उद्धार गरिएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वालटार बस्ने कविता गोलेकी १२ वर्षीया छोरी १२ बर्षिय बिनु तामाङ सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको बताइएको छ ।
यस्तै संगै पोडी खेल्न गएका पञ्चे शेर्पाको छोरा ९ वर्षीय होमबहादुर शेर्पालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको स्थानीय तथा बाल संरक्षण तथा सम्बर्द्धन समिति भुवनेस्वरीका संयोजक गौरव कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !