१ करोड ४८ लाखको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

१ करोड ४८ लाखको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
सुन्नुहोस्

काठमाडौं : १ करोड ४८ लाखभन्दा बढी रकमको अभौतिक मुद्रा (क्रप्टो करेन्सी)को कारोबार गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-५ का २५ वर्षीय मुकेश प्रजापति रहेका 
छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी मानिसहरूलाई प्रलोभन देखाई ठगी गरेको रकमलाई अभौतिक मुद्रामा साटी कारोबार गर्ने गरेका थिए। 

परिसरबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो साढे २ बजे काठमाडौंको माइतीघरबाट  उनलाई पक्राउ गरेक‍ो हो। काठमाडौं जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जनकारी दिए।  

उनले हालसम्म एक करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गरेको देखिएको छ। अभौतिक मुद्रा कारोबार गर्ने विभिन्न खाताहरूमा ११ लाख ४१ हजार ९८३ रुपैयाँ मौज्दात रहेको अनुसन्धानका क्रममा खुलेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.