काठ तस्कर र वन रक्षकबीच गोली हानाहान

काठ तस्कर र वन रक्षकबीच गोली हानाहान

वीरगन्ज : पर्साको पटेर्वासुगौलीमा सशस्त्र वन रक्षक र काठ तस्करबीच गोली हानाहान भएको छ। काठ तस्करी गरिरहेको हतियारधारी समूह र सशस्त्र वन रक्षकबीच दोहोरो गोली हानाहान भएको हो। पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ मा पर्ने गादी जंगल नजिकै ईलाका वन कार्यालय गादी रङगपुरबाट सशस्त्र वन रक्षक रामेश्वर यादवको नेतृत्वमा खटिएको वन रक्षक टोली र तस्कर समूह बीच बिहिबार राति गोली हानाहान भएको हो।

वन रक्षक टोलीलाई लक्षित गरेर तस्कर समूहले भरुवा बन्दुकबाट गोली चलाएपछि सशस्त्र वन रक्षक टोलीले पनि जवाफि फायरिङ गरको सशस्त्र वन रक्षक रामेश्वर यादवले बताए।

पर्साको राष्ट्रिय वन क्षेत्रबाट अबैध रूपमा सालको गोलिया काठ साईकलमा लोड गरि ल्याउँदै गरेका अवस्थामा तस्कर समूह र सशस्त्र वन रक्षकबीच भिडन्त भएको सशस्त्र वन रक्षक यादवले जानकारी दिए।

सुरक्षा निकाय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केन्द्रित भएको मौका छोपी काठ तस्करी गर्दै गरेको अवस्थामा जम्काभेट भएको र दोहोरो गोली हानाहान भएको उनले बताए। जवाफी फायरीङ गरेपछि काठ तस्करहरु काठ छाडेर फरार भएको उनले बताए। गोली हानाहान भएपनि मानवीय क्षति भने नभएको यादवले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.