भारत लैजाँदै गरेका २० बालकको उद्धार, २ आरोपित पक्राउ

भारत लैजाँदै गरेका २० बालकको उद्धार, २ आरोपित पक्राउ

जुम्ला : अवैधरुपमा भारत जानबाट जुम्लाका २० बालक जोगिएका छन्। गैरकानुनी रुपमा भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा बालक लैजादै गरेको अवस्थामा प्रहरीले २० बालकको उद्धार गरेको हो भने २ जना आरोपितलाई पक्राउ गरेको छ। २० बालकको उद्धारसहित २ आरोपितलाई प्रहरीले पुस २५ गते मंगलबार तिला गाउँपालिकाको कुडारी चेक पोष्टबाट पक्राउ गरेको प्रहरी निरीक्षक चुडामणि पुनले बताए।

उनका अनुसार आरोपीत पातारासी गाउँपालिका ३ का २९ वर्षीय छिरिङ तुण्डुक तामाङ र सोही वडाका ३२ वर्षीय कार्मा तामाङ रहेका छन्। उनले भने, ‘बालबालिकाले खचाखच भरिएको बस प्रहरीले चेकजाँच गर्दा भारततिर लैजादै गरेको अवस्थामा बालकको उद्धार गरिएको हो।

लामा भाषा पढाइ दिने भनेर अभिभावकलाई आश्वासनमा पार्दै आरोपीतले बालकलाई समेत ललाईफकाई भारत लैजाँदै गरेका थिए। उद्धार गरिएका बालक ७ देखि १४ वर्ष उमेर समूहका छन्। बालक जिल्लाको पातारासी गाउँपालिकाका खसक्षेत्री समुहका छन्।

‘एउटा बसमा धेरै बच्चा लैजाँदै गरेको देखेपछि सोधपुछ गरियो,’ प्रहरी निरीक्षक पुनले भने, ‘ बालकलाई भारत लैजाने कुनै आधार नभेटाएपछि आरोपीतलाई नियन्त्रणमा लिइएको हो।’ उनका अनुसार दुईजनालाई अनुसन्धानका लागि हिरासतमा चलान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ’।

उद्धार गरिएका २० जना बालकको नाम र फोटो सार्वजनिक गरिएको छैन। उद्धार गरिएका सबै बालक बुढा, बोहोरा, महतारा र कामी जातीका रहेका छन्। प्रहरीले फोटो लिन दिएको छैन। अभिभावकलाई छलफलमा बोलाएर बालक जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नेपालको संविधान २०७२ को धारा ३९ को उपधारा (५) मा कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने व्यवस्था उख्लेख छ। गैरकानुनी रुपमा काम गरे कानुनअनुसार कारवाही हुने व्यवस्था छ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.