बर्दिबास-जयनगर रेलमार्ग निर्माण धमाधम (फोटोफिचर)

बर्दिबास-जयनगर रेलमार्ग निर्माण धमाधम (फोटोफिचर)

जनकपुरधाम : भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्मको ६९ किलोमिटर ब्रोडगेज रेलमार्गको लिक निर्माण कार्य सुरु भएको छ। पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३२ किलोमिटर रेल संचालन गर्न रेलमार्गमा स्लिपर, ब्लास्ट र रेल ओछ्याउने काम धमाधम भइरहेको छ।

भारत सरकारको सात अर्ब २० करोड आर्थिक सहयोगमा सुरु भएको परियोजना अन्तर्गत अक्टोबरसम्ममा सिभिल कन्सट्रक्सनको सम्पूर्ण काम पुरा हुने छ। सुरुवातमा भारत सरकारले रेलमार्ग निर्माणका लागि पाँच अर्ब ३९ करोड सहयोग गरे पनि पछि त्यो रकम परिमार्जित भएर वृद्धि भएको हो।

नेपाल पक्षमा वैदेहीदेखि खजुरीसम्मको मार्गमा हाल ब्लाष्ट बिछाएर स्लीपर र रेल राख्ने काम भइरहेको नेपाल रेलवे जनकपुरका इञ्जिनीयर तथा साइट प्रमुख विनोदकुमार ओझाले बताए। हालसम्ममा २ किलोमिटरमा स्लीपरको काम पुरा भइसकेको उनले जानकारी दिए।

भारतीय पक्षमासमेत स्लीपरहरु मगाउने काम पूरा भइसकेको र एक महिना भित्रै उनीहरुले पनि लिंक निर्माणको सम्पूर्ण काम थाल्ने ओझाले बताए।

रतको जयनगरमा प्लेटफर्म निर्माणदेखि लिएर कर्मचारीहरुको आवाशगृह र अन्य सम्पूर्ण भौतिक निर्माणहरु सम्पन्न भइसकेका छन्। नेपाल पक्षमा भने रेलको स्टेशन भवन, कर्मचारी आवास, प्लेट फर्म, लिक, माटो पुर्ने काम, ब्याङ्केटिङ, लिक निर्माण, पर्खाल तथा कल्भर्ट निर्माण कार्य तिव्र गतिमा भइरहेको छ।

रेलमार्गअन्तर्गत पर्ने नेपाल पक्षको खजुरी, महिनाथपुर, वैदेही, देउरीपरवाहा, जनकपुर, कुर्था, खुट्टापिपराढी, लोहरपट्टी, सिङ्ग्याही, भङ्गहा गरी १२ स्थानमा स्टेशन भवन, कर्मचारी आवास, प्लेटफर्म निर्माण भइरहेको छ।

सन् २०१७ जुनसम्ममा जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्ने लक्ष्य लिएको नेपाल सरकार रेलवे विभागको कमजोर उपस्थितिले सञ्चालनमा समस्या ल्याएसँगै ठेकेदारलाई मार्च २०१८ सम्मका लागि म्याद थप गरिएको इरकण इण्टरनेशनलका साइट इञ्जिनीयर मोलु रामले जानकारी दिए।

पहिलो चरणमा जयनगरदेखी कुर्थासम्म ३२ किलोमिटर, दोस्रो चरणमा २०१९ मार्चसम्म कुर्थादेखि भंगहासम्म र तेस्रो चरणमा बर्दिबाससम्म गरी जम्मा ६९ किलोमिटर ब्रोडगेज निर्माणको काम भइरहेको छ।

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो। सोही अनुसार २०११ माघ महिनामा निर्माणको थालनी भएको थियो। ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडको निगरानीमा धनुषा र महोत्तरीमा दुईवटा निर्माण कम्पनीलाई मनामने जिम्मा दिइएको छ।

जस अन्तर्गत नायक इन्फ्रास्ट्रक्चर प्रालि असम गुहाटीलाई इनर्वा बोर्डरदेखी महुवा कपिलेश्वरसम्म २४ किलोमिटर र धनुषाको कालिका रमण जेभिलाई कपिलेश्वरदेखि भंगहासम्म २४ किलोमिटरमा माटो, स्लोप, दुवैतिरको घाँस रोपाई र ग्राभलको कामको ठेक्का दिइएको हो। भारतको कम्पनीलाई सोही कामका लागि ६५ करोड र कालिका रमण जेभिलाई ७० करोडको ठेक्का दिइएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.