गोविन्द वियोगी पत्रकारिता पुरस्कार देवकोटालाई
काठमाडौं : २०७४ सालको गोविन्द वियोगी पत्रकारिता पुरस्कार ‘नयाँ पत्रिका दैनिकका सम्पादक कृष्णज्वाला देवकोटालाई प्रदान गरिएको छ । सम्पादक समाज नेपालले वियोगीको १२ औँ स्मृति दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २५ हजार राशिको पुरस्कार प्रदान गरेका हुन् ।
त्यस्तै टेलिभिजन पत्रकारितामा विशेष योगदान पुर्याएवापत नेपाल टेलिभिजनकी समाचार सम्पादक अनिता विन्दुलाई १५ हजार सहित सम्मान गरिएको छ ।
यसैगरी वरिष्ठ पत्रकार सम्मानबाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, रेडियो नेपालका तत्कालीन अंग्रेजी समाचार सम्पादक हरिश चन्द र द टेलिग्राफका प्रधानसम्पादक नरेन्द्रप्रसाद उपाध्याय पनि सम्मानित भएका छन् । उनीहरुलाई माला, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा ‘मातृभूमि साप्ताहिक’को सम्पादकीय संग्रह भाग तीनको लोकार्पण गरिएको थियो ।
रासस
प्रतिक्रिया दिनुहोस !