विपन्न बस्तीमा न्यानो बाढ्दै डा. केसी

विपन्न बस्तीमा न्यानो बाढ्दै डा. केसी

गौर : चिसोका कारण पीडित भएकाहरूको सेवाका लागि डा. गोविन्द केसी बिहीबार रौतहट आइपुगेका छन्। शीतलहरबाट पीडितलाई न्यानो कपडा सहयोग तथा स्वास्थ्य शिविर सञ्चालन गर्न उनी रौतहट आएका हुन्।

उनले बिहीबार नै गढीमाई नगरपालिकाका हरैया र लक्ष्मीपुर, समनपुर सुन्दरपुर टोलका विपन्न बस्तीमा पुगेर कम्बल वितरण गरे। लक्ष्मीपुरको मुसहर बस्तीका विपन्नलाई पनि उनले कम्बल उपलब्ध गराए। उनले बिहीबार एक सय ५० थान कम्बल वितरण गरे।

उनले मुसहर बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्य अवस्था जोखिममा रहेको सुनाए। तराई-मधेसमा चिसोका कारण ज्यान गुमाइरहेको अवस्थामा मानवीय सेवाका लागि आफू न्यानो कपडा वितरण र स्वास्थ्य शिविर सञ्चालन गर्न रौतहट आएको उनले बताए।

‘मलाई मधेसमा पहिले नै आउने मन थियो तर विभिन्न कारणले आउन सकिनँ’, उनले भने, ‘संकटका बेला एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु कर्तव्य हो।’

उनले समनपुरमा रहेको स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरे। डा. टोसिवा कार्की, अभिषेकराज सिंहलगायत सम्मिलित उनको टोलीले बिहीबार शिविरमा ५० जनाको स्वास्थ्य परीक्षण गरेको छ। शिविर शुक्रबार पनि सञ्चालन हुने सिंहले जानकारी दिए।

अत्यधिक चिसोका कारण रौतहटमा २३ जनाले ज्यान गुमाइसकेका छन् भने सयौं बिरामी परेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.