माथिल्लो तामाकोशीमा कार्यरत चिनियाँ इन्जिनियरको मृत्यु
चरिकोट : दोलखाको लामाबगरमा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ इन्जिनियरको सोमबार मृत्यु भएको छ । बिगु गाउँपालिका –१ स्थित आयोजनाको साइड इन्जिनियरका रुपमा कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक सुन लिङ लङको काम गरिरहेको अवस्थामा ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।
इन्जिनियर लङ गम्भीर घाइते भएपछि उपचारका लागि बाटोमा ल्याउँदाल्याउँदै मृत्यु भएको प्रहरीको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस !