विप्लवका कार्यकर्ताद्वारा एनसेल टावरमा आगजनी, दुई पक्राउ
बिर्तामोड : बुद्धशान्ति गाउँपालिकास्थित खतिवडा चोकमा रहेको एनसेल टावरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् ।
एनसेल टावरमा आगजनी गरेको आरोपमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकान्द्री पक्राउ परेका हुन् । त्यस्तै, बुद्धशान्तिका सेक्रेटरी दीपक कुरुम्वाङलाई पनि बिहीबार बेलुका पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रहरी सहायक निरीक्षक पदमसुन्दर लिम्बुले बताए ।
आगजनीबाट एउटा जेनेरेटर र टावरको तार समेत जलेर नष्ट भएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !