बालविवाहमा सहभागी हुनेलाई ‘बहिष्कार’
रुकुम (पश्चिम) : जिल्लाका विभिन्न स्थानमा उमेर नपुगी विवाह गर्ने क्रम बढीरहेको मध्यनजर गर्दै रुकुम पश्चिमको एक गैरसरकारी संस्थाले बालबिबाह वा बालबिबाहका लागि गरिने जुनसुकै कार्यमा संस्थाका कुनैपनि पदाधिकारी वा कर्माचारी सहभागी भएमा बहिष्कार गर्ने भएको छ।
विगत केही वर्षदेखी रुकुम पश्चिम र पूर्वका विभिन्न क्षेत्रमा विभिन्न परियोजना मार्फत काम गरिहेको गैरसरकारी संस्था रुकुमेली समाज विकास केन्द्रले यस्तो निर्णय गरेको हो।
मंगलबार बसेको संस्थाको कार्यसमिति बैठकले उक्त निर्णय गरेको बुधबार जारी सार्वजनिक सूचनामा उल्लेख छ। रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक भिमबहादुर केसीले ‘नगरौं बिहेका कुरा भको छैन २० बर्ष पुरा’ भन्ने मुल नारालाई आधार मान्दै पछिल्नो पटक बढिरहेको बालबिबाहकाबिरुद्धमा जिल्ल्लाव्यापी अभियान संञ्चालन गर्नका लागि सुरुवात गरेको बताए।
‘हामी बालबिबाहकाबिरुद्धमा आवाज बुलन्द पार्नका लागि सहयोग पुगोस् भनेर यो अभियानको थालनी गर्दैछौ।’ उनले भने,‘यसका लागि सुरुवात आफैबाट हुनुपर्छ भनेर संस्थासँग सम्बन्धित जो पनि बालबिबाह गर्ने गराउने कार्यका कहिँकतैँ जोडिएका बहिष्कार हुने निर्णय गरेका छौ।’
जिल्लामा बालबिबाहको अवस्था कस्तो छ भन्नेबारे कुनै एकिन तथ्याङ्क उपलब्ध नभएपनि बालबिबाह गर्ने–गराउने क्रम हरेक वर्ष बढ्दो क्रममा रहेको सरोकारवालहरुको भनाई छ।सानैमा बिहे गरेर सानैमा आमा बन्नुपर्ने बाध्यताका कारण बालबालिकाको भविष्य अन्यौलमा त पर्छ नै साथसाथै आमा र बच्चाको स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव परिरहेको छ।
रुकुम पश्चिमको जिल्ला अदालत रुकुममा आउने मुद्धामध्ये सरदरमा सम्बन्धबिच्छेदका मुद्धा सबैभन्दा धेरै रहेको अदालतले बताएको छ। यसको मुल कारण पनि बालबिबाह नै रहेको मानिएको छ। रुकुमेली समाज विकास केन्द्रको सहजिकरणमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा यसअघि थालिएको अभियानबाट एक महिनामै पाँचवटा बालविवाह रोकिएको थियो।
यसलाई जिल्लाव्यापी बनाएर बालबिबाहको दरमा न्युनिकरण गर्न संस्थाले संस्थागत अभियान थालेको जनाएको छ। साथै यस अभियानमा स्वयंमसेवी भएर लाग्न पनि सम्बन्धित सरोकारवाला सबैलाई संस्थाले आग्रह गरको छ।
प्रतिक्रिया दिनुहोस !