शिक्षकलाई सुझाव

शिक्षकलाई सुझाव

अधिकांश शिक्षक कक्षामा छिर्नेबित्तिकै सरासर पढाउन थाल्छन्। विद्यार्थीहरू कक्षामा ध्यान दिएका छन् कि छैनन् ? खासै वास्ता गर्दैनन्। वास्तवमा विद्यार्थीहरू कक्षामा रमाइलो नमानिरहेका हुन सक्छन्। उनीहरूलाई कक्षामा ‘बोरिङ’ भइरहेको हुन सक्छ।

यदि विद्यार्थीले कक्षामा ध्यान दिइरहेका छैनन् भने उनीहरूले तपाईंले भनेका कुराहरू बुझ्दैनन्। यसले परीक्षामा पास हुन पनि विद्यार्थीलाई गाह्रो हुन्छ। त्यसो भए आफूले पढाउने कक्षालाई कसरी रमाइलो बनाउने ? यहाँ केही टिप्स दिइएको छ–

१) खेल खेलाउनुस्– तपाईं आठ वर्षको हुनुहुन्छ वा १८ वर्ष, खेल खेल्न सबैलाई मनपर्छ। विद्यार्थीको ध्यान अन्यत्र मोड्न नदिन खेल उपयुक्त विकल्प हो। खेलले विद्यार्थीलाई मनोरञ्जन पनि दिन्छ। लामो समयसम्म विद्यार्थीले खेलकै माध्यमबाट मैले पढिरहेको छु भन्ने पनि थाहा नपाउन सक्छन्। यदि विद्यार्थीलाई विज्ञान विषयमा शब्दहरू सिकाउनु छ भने ‘जियोपार्डी’ खेलाउनुस्। विद्यार्थीलाई सामाजिक शिक्षाका लागि गीतहरू कण्ठस्थ गराउन आवश्यक छ भने ‘मेमोरी’ जस्ता खेल खेलाउनुस्। कुनै पनि खेलले तपाईंको कक्षा रमाइलो बनाउन सक्छ।

२) दैनिक व्यवहारसँग मिलाउनुस्– तपाईंले सिकाएका कुरा विद्यार्थीको वास्तविक जिन्दगीसँग मेल खान्छ भने उनीहरूले बढी चासो दिन्छन्। मैले किन सिक्नुपर्ने रहेछ भन्ने कुरा पनि उनीहरूले बुझ्छन्। विद्यार्थीले कुनै पनि विषयमा ‘यो मैले किन जान्नुपर्छ ? ’ भनेर प्रश्न सोध्न सक्छन्। ‘तिमीहरूले पढ’ भनेर मात्र जवाफ दिनुभयो भने त्यसले उनीहरूलाई विषयप्रति चासो जगाउँदैन। विद्यार्थीको तपाईंप्रति विश्वसनीयता पनि घट्न थाल्छ। बरु वास्तविक उत्तर दिनुहोस्। गणित विषय पढाइरहनु भएको छ भने विद्यार्थीले ‘गणित किन पढ्ने ? ’ भनेर तपाईंलाई सोध्न सक्छन्। तपाईंले त्यतिबेला भन्नुपर्छ– कसैलाई पैसा दिन, बिल चुक्ता गर्न, कति सामान किनेको/बेचेको भनेर थाहा पाउन पनि गणित जान्नुपर्छ।

३) अन्तरक्रियात्मक कक्षा बनाउनुहोस्– परम्परागत कक्षाहरू हेर्ने हो भने शिक्षक अगाडि बसेर कराउँछ, विद्यार्थी चुपचाप सुन्छन् र नोट गर्छन्। यो एकदमै दिक्दारी पद्धति हो। यदि आफूले पढाइरहेको कक्षालाई रमाइलो बनाउनु चाहनुहुन्छ भने विद्यार्थीसँग अन्तरक्रिया गर्नुहोस्। विद्यार्थीको कुरा सुन्ने आफ्नो कुरा पनि भन्ने। विभिन्न अध्ययन विधिहरू सिक्नुहोस्। विद्यार्थीलाई टिममा काम गर्न लगाउनुहोस्। उनीहरूलाई मद्दत गर्नुहोस्। सबैको कुरा सुनेर निष्कर्ष निकाल्न लगाउनुहोस्। यसरी प्रत्येक विद्यार्थी आफ्नो काममा जिम्मेवार बन्छन् र सामूहिक रूपमा काम सक्छन्। विद्यार्थीलाई समूहमा पढाउने र आफूले पनि उनीहरूलाई सहयोग गर्दा राम्रो प्रतिफल आउन सक्छ।

४) विकल्पहरू दिनुहोस्– पढाइमा विकल्प स्कुले विद्यार्थीलाई मात्र हैन, ठूला कक्षामा पढ्नेहरूलाई उत्तिकै महŒवपूर्ण हुन्छ। के पढ्ने, कसरी पढ्ने जस्ता विकल्पहरू उपलब्ध गराइदिने हो भने उनीहरू खुसी हुन्छन्। विकल्पहरू अनगिन्ती हुन सक्छन्। तपाईंलाई मन लागेअनुसार विद्यार्थीलाई कस्ता विषय, पाठ, विचार दिने भनेर विकल्प छान्न सक्नुहुन्छ। विद्यार्थीलाई ध्यानमा राखेर विकल्पहरू प्रस्तुत गरिदिनुहोस्। उनीहरूको रोजाइ फरकफरक हुन सक्छ। उनीहरूको सिकाइ प्रक्रिया थाहा पाएर यस्ता विकल्पहरू दिँदा विद्यार्थीले छिटो सिक्ने मौका पाउँछन्। विद्यार्थीको ध्यान पनि अन्यत्र मोडिँदैन।

५) प्रविधिको प्रयोग– प्रविधिलाई मानिसले हरेक क्षण प्रयोग गरिरहेको हुन्छ। यदि तपाईंले क्लासलाई रमाइलो बनाउनुहुन्छ भने हरेक विद्यार्थी तपाईंको कक्षामा भाग लिन चाहन्छन्। तपाईंले कक्षामा प्रविधिको पनि प्रयोग गर्नुहोस्। लेक्चर दिने, विद्यार्थीलाई टिपोट गर्न लगाउने, परीक्षा लिनेमात्रै गर्दा क्लास बोरिङ हुन सक्छ। बरु स्मार्टबोर्ड राख्नुस्, विद्यार्थीसँग अन्तरक्रिया गर्नुहोस्। कापीको पानामा प्रश्नपत्र दिनुभन्दा कम्प्युटर वा ट्याबलेटको प्रयोग गर्नुहोस्। क्लासमा देशविदेशका विभिन्न प्रोजेक्टहरू देखाउनुहोस्। त्यसैले प्रविधिको सदुपयोग गर्नुहोस्। यसलाई अध्ययनका लागि प्रयोग गर्नुहोस्। कक्षालाई रमाइलो बनाउनुहोस्।

अन्त्यमा, आफू कम बोल्नुहोस् र विद्यार्थीसँग बढी अन्तरक्रिया गर्नुहोस्। विद्यार्थीसँग बढी अन्तरक्रिया गर्नुहुन्छ वा प्रविधिको प्रयोग गर्नुहुन्छ भने तपाईंले लिएको क्लास रमाइलो हुन्छ। विद्यार्थी पनि खुसीसाथ पढ्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.