मन्त्रिपरिषद् निर्णय : नेपाल प्रहरीमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्र खनाल आईजीपी नियुक्त

मन्त्रिपरिषद् निर्णय  : नेपाल प्रहरीमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्र खनाल आईजीपी नियुक्त

काठमाडौं : मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक पदमा नयाँ नियुक्ति गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा डीआईजी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको  सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

दुवै प्रहरी प्रमुखमा दुई खनालका नाममा सहमति भएपछि मंगलबार साँझका लागि दोस्रो पटक मन्त्रिपरिषद् बैठक बोलाइएको थियो। नेपाल प्रहरीको महानिरीक्षक पदमा रहेका रमेश खनाल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल आईजीपी बनेका हुन्। यसअघि तीन डीआईजी खनाल, खरेल र कार्कीको नाम चर्चामा थियो।

वरियतामा पहिलो नम्बरका खनाल नेपाल प्रहरीको नयाँ आईजीपी बनेका हुन् । खनाल गुण्डागर्दीविरुद्धको अपरेशन पर्नेमा चर्चित छन्। अनुसन्धानमा अब्बल अधिकृतका रुपमा खनाल चिनिन्छन्। खनाल अहिले ट्राफिक महाशाखाको नेतृत्वमा थिए । कुमार घैँटेसहित आपराधिक क्रियाकलापमा सं‌लग्नलाई खनाल अपराध महाशाखामा रहेकै बेला इन्काउन्टर भएको थियो ।

काठमाडौं प्रहरी प्रमुख, धनुषा प्रहरी प्रमुख हुँदै अञ्चल प्रहरी कार्यालय नारायणी र महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेका खनाल वरियताक्रममा समेत एक नम्बरमा थिए ।

उता सशस्त्र प्रहरीमा भने शैलेन्द्र र पुष्कर केसी प्रतिस्पर्धामा थिए। केसीलाई पछि पार्दै खनालले सशस्त्रको आईजीपीमा बाजी मारेका हुन्।नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्रका आईजीपी सिंहबहादुर श्रेष्ठ बुधबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश हुँदैछन् । 

सर्वेन्द्र खनाललाई नजिकबाट चिन्नुहोस्नयाँ आईजीपी सर्वेन्द्र  खनाललाई नजिकबाट चिन्नुहोस्


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.