बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै

बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै

काठमाडौं : नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धनका लागि ‘बीबीसी मास्टर सेफ’ को टोली नेपाल आउने भएको छ। 

प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत ‘बीबीसी मास्टर सेफः द प्रोफेशनल २०२०’ का फइनालिस्टहरुलाई नेपाल ल्याउन लागेको हो। मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले सो टोलीलाई नेपाल आमन्त्रण गरिएको पाटा नेपाल च्याप्टरले विज्ञप्तिमार्फत जनाएको छ।

पाटा नेपालका अनुसारमास्टर सेफ टोली ७ अप्रिल २०२२ मा काठमाडौँ आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ। सेफ सन्तोष साहका साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली नेपाल आउने र यहाँका विभिन्न स्थानहरुमा पर्यटन प्रवर्द्धनमा सहभागी हुनेछन्।

उक्त कार्यक्रमअन्तर्गत काठमाडौँमा ‘फाइनडाइनिङ’ कार्यक्रम, जनकपुरमा ‘मिथिला खाना तथा रेसिपी’ विषयमा कार्यक्रम र बर्दियामा थारू संस्कृति तथा खानासम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमसहित मास्टर सेफहरूद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हन्टिङ कार्यक्रम आयोजना गरिनेछ। 

त्यसैगरी, सगरमाथा आधार शिविर कालापत्थर र नेपालको साहसिक पर्यटनको राजधानी पोखरामा समेत भ्रमण एवम् पर्यटन प्रवर्द्धनका कार्यक्रमसमेत रहेको छ। मास्टर सेफहरुले अप्रिल ११ मा काठमाडौँमा आयोजना हुने पाटा नेपालको ४५औँ वार्षिक साधारणसभाको औपचारिक समारोहमा पनि सहभागी हुनेछन्।

पाटा नेपालद्वारा आयोजना गरिएको ‘मास्टर सेफ फाइनालिस्ट टुर टू नेपाल’ नामक यस कार्यक्रमलाई मुख्य प्रवद्र्धकका रुपमा नेपाल पर्यटन बोर्ड, अफिसियल एअरलाइन्स पार्टनरका रुपमा श्रीलङ्कन एअरलाइन्स, बैंकिङ पार्टनरका रुपमा नबिल बैंक र हेल्थ पार्टनरका रुपमा सिवेक हस्पिटलले सहयोग गरेका छन्। 

त्यसैगरी, बुद्ध एअर, समिट एअर, नाथम, केजिएच ग्रुप अफ होटेन्स, कम्युनिटी होमस्टे, गेट कलेज, ग्यालेक्सी टेलिभिजन, सनफ्लो सनफ्लावर आयल र हाइग्राउन्ड एडभेन्चर समेतले कार्यक्रममा सहयोग तथा सहकार्य गरेका छन्।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले बीबीसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफहरुलाई नेपाल भ्रमण गराई उनीहरुमार्फत गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवर्द्धन गर्न पाटाद्वारा गरिएको यस पहलले महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा विशेष सहयोग हुने विश्वास व्यक्त गरे। रासस
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.