बबिताको निर्देशनमा एक्सन भिडियो
काठमाडौं : म्युजिक भिडियो निर्देशनमा पृथक् पहिचान बनाइसकेकी बबिता श्रेष्ठ ‘मलेकु’ले नेपालको पहिलो महिला रेस्लर भगवती खड्कालाई लिएर एक्सन भिडियो बनाएकी छिन्। यो भिडियोले अत्यधिक चर्चा पायो।
गत महिना सार्वजनिक गरिको ‘एक हजारको नोट’ बोलको गीत पनि चर्चामा रहेको छ। पाँच सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेकी बबिताले यो साता युट्युबमार्फत सार्वजनिक गरेको ‘तिम्रो आँखाको रङ’ बोलको भिडियोले चर्चा पाइरहेको छ। नवीन श्रेष्ठको संगीत, पुण्य प्रधान र प्रविशा अधिकारीको मीठो स्वर रहेको भिडियोमा अमन श्रेष्ठ र सञ्चिता शाहीले मोडलिङ गरेका छन्।
२०६८ देखि निरन्तर निर्देशनको क्षेत्रमा सक्रिय श्रेष्ठ मौलिक एवं भिन्नभिन्न खालको भिडियो निर्देशन गर्न रुचाउँछिन्। निर्देशक श्रेष्ठले म्युजिक भिडियो निर्देशनमा आफूलाई थोरै महिला निर्देशकको भीडमा अब्बल देखाउने प्रयास गरेकी छन्। सुन्दरादेवी पपुलर अवार्ड, इन्टरनेसनल बक्स अफिस अवार्ड, बेस्ट म्युजिक भिडियो निर्देशन अवार्डलगायत विभिन्न संघसंस्थाबाट उनी सम्मानित भइसकेकी छन्।
प्रतिक्रिया दिनुहोस !