भीम रावलले गरे अध्यक्षका लागि उम्मेदवारी दर्ता

भीम रावलले गरे अध्यक्षका लागि उम्मेदवारी दर्ता

चितवन : भीम रावलले एमालेको जारी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन्। सोमबार बिहान रावलले दशौं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि उनले हरेक महाधिवेशन प्रतिनिधिलाई पदमा उठ्ने अधिकार भएको बताए। रावलले आफ्नो अधिकार प्रयोग गरेर उम्मेद्वारी दर्ता गराएको समेत जानकारी गराए। पार्टीमा कुनै समूह नभएकाले एक्लै उम्मेद्वारी दिएको बताए।

सहमति जुटन नसकेपछि एमाले नेताद्धय केपी शर्मा ओली र भीम रावल अध्यक्ष पदमा लड्ने भएका छन्। चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा आइतबार दिनभर रावललाई मिलाउन नेताहरुले निकै मेहनत गरेका थिए। रावल सहमतिमा नआए पछि ओली सर्वसम्मत अध्यक्ष हुन नपाउने भएका छन्।

ओली स्वयं र बेला बेला उनका दूतहरुले पनि रावललाई यो र त्यो पद दिने भन्दै सहमतिमा आउन दबाब दिइरहे। तर रावल आफ्नो अडानबाट टसकोमस भएनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.