कांग्रेस एक्लै चुनावी अभियानमा

कांग्रेस एक्लै चुनावी अभियानमा

काठमाडौं : नेपाली कांग्रेसको एक महिने ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका कांग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो। 

आइतबारदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म हुने भएको छ। कांग्रेसका केन्द्रीय सदस्यहरू सबै जिल्लामा गएर ‘चुनाव आयो’ भन्दै कांग्रेस जगाउन जनताका घरदैलोमा पुगेका छन्। यद्यपि, चुनावमा भने एक्लै जाने कि गठबन्धनमा यसबारे ठोस निर्णय भने बनाइसकेको छैन। 

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैतको तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले गठबन्धनका विषयमा निर्णय गर्ने बताए। ‘टोल, वडा तहबाट आएको राय र सुझावअनुसार गठबन्धन गर्ने नगर्ने टुंगो लाग्छ,’ उनले भने, ‘यो अभियान जनतामाझ गएर कांग्रेस र एमसीसीबारेका भ्रम चिर्न गरिएको हो।’ त्यस्तै, कांग्रेस प्रवक्ता प्रकाशशरण महतले स्थानीय तहमा फोकस हुन जरुरी भएकोले जनताका घरदैलोमा पुग्न खोजेको बताए। कांग्रेसले ७७ जिल्लामा ७७ केन्द्रीय सदस्य पठाएको छ भने प्रदेश कार्यसमितिहरूले पनि प्रतिनिधि खटाएका छन्।

  • ‘चुनावमा गठबन्धनमै जाने कि नजाने निर्णय पछि हुन्छ’ 
  • घरदैलो अभियान चैत २९ गतेसम्म हुने

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय चुनाव निर्धारित समयमै हुनेमा कुनै शंका नगरी जनताका घरदैलामा पुग्न केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका थिए। ‘गठबन्धन दलहरूप्रति उग्र हुने काम छैन। प्रमुख प्रतिपक्ष एमालेको विरोधमा पनि नखनिनुहोस्,’ बैठकमा देउवाले भनेका थिए। एमसीसी सम्झौताका विषयमा उठेका भ्रम निवारण र पार्टीको महाधिवेशनका बेला तल्ला तहसम्मै भएको गुटगत प्रवृत्ति मेट्ने प्रयास हुने उपसभापति धनराज गुरुङले बताए। अभियानका लागि पठाइएका नेताहरू टोलदेखि वडा–वडामा पुगेर कांग्रेस जिताउने अभियानमा लागिपरेको शीर्ष नेता कृष्णप्रसाद सिटौलाले बताए। 

कांग्रेस नेता रमेश लेखकले चुनावी गठबन्धनका विषयमा पछि निर्णय हुने बताए। उपसभापति पूर्णबहादुर खड्का भन्छन्, ‘चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे पहिलो चरणको अभियान सकिएपछि मात्र कांग्रेसको धारणा आउँछ।’

चुनावी अभियानअन्र्तगत इलाम पुगेकी कांग्रेस नेता शरिता प्रसाईं कांग्रेसमा जनलहर ह्वात्तै बढेको बताउँछिन्। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले फागुन २६ गते वीरगन्जमा आयोजित एक कार्यक्रममा गठबन्धन गरेर जाने संकेत दिएका थिए। ‘गठबन्धनका साथीहरूलाई बेवास्ता गर्ने भन्ने कुरा हुँदैन। स्थानीय तहदेखि चुनावमा गठबन्धनका साथीहरूसँग छलफल हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.