यस्ता छन् मन्त्रिपरिषद्‌का २२ निर्णय

यस्ता छन् मन्त्रिपरिषद्‌का २२ निर्णय

काठमाडौं : सरकारले कर्मचारी बर्खास्ती र नियुक्तिदेखि ऋण अनुदान सहायता लिनेसम्म २२ वटा निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्‌ बैठकले प्रतिनिधिसभाबाट नागरिकता विधेयक फिर्ता लिनेदेखि कर्मचारीको बढुवा र बर्खास्तीसम्मका निर्णयहरु गरेको हो।

निर्णयहरु सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए।

यस्ता छन् निर्णयहरु:

खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ५९.६ विलियन डलर सहुलीयतपूर्ण ऋण सहायता स्वीकार गर्ने  

नेपाल प्रहरीमा क्षमता अभिवृद्धिसहितको साइबर ब्यूरो स्थापनाका लागि कोरियाबाट प्राप्त हुने ८ मिलियन डलर स्वीकार गर्ने

हरित ग्यास उत्सर्नका लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री स्वच्छ उर्जाको प्रवर्द्धनका लागि प्राप्त हुने २१.१२ मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने

हरित तथा नवीकरणीय उर्जा प्रवर्द्धनका लागि युरोपियन युनियनबाट हुने यूरो ४.५ मिलियन बराबरको आर्थिक प्राविधिक सहायता स्वीकार गर्ने

पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल आयोजनाका लागि एसियाली विकास बैंकबाट सहुलीयतपूर्ण ऋण तथा अनुदान सहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने

विभुषण समितिमा रहेका सदस्य कलाकार मदनदास श्रेष्ठको सट्टामा कला क्षेत्रबाट संगीतकार शम्भुजित बास्कोटालाई सदस्य तोक्ने

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाबाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने    

सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने

प्रत्येक वर्ष वैशाख १ गते घर जग्गा लिखित रजिष्ट्रेसन दिवस मनाउनका लागि स्वीकृत प्रदान गर्ने

विभिन्न २३ जिल्लाका दुई लाख २३ हजार २३० गरिब परिवारको सूची स्वीकृत गर्ने

राष्ट्रिय बालअधिकार परिषद्को कार्यकारी निर्देशक पदको व्यवस्था हालको बालबालिका नियमावली २०७८ मा नभएकोले कार्यकारी निर्देशक मिलनराज धरेललाई पदमुक्त गर्ने र परिषद्को उपाध्यक्ष, तीन जना सदस्य र सदस्य सचिव नियुक्त गर्ने।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई चितवनको भरतपुर १ रामनगरस्थित सदनचुली सामुदायिक वनको ०.४६ हेक्टर वन क्षेत्र उपयोग गर्न स्वीकृत दिने

कर्णाली प्रदेशको प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको सुर्खेतको भेरीगंगा नपा १२ छिन्चुस्थित राष्ट्रिय वनको ४.९ हेक्टर वन क्षेत्र प्रयोग दिने

भाषा आयोगको सदस्यमा डा. अमरराज गिरी, प्राडा कृष्णप्रसाद न्यौपाने, मातृका प्रसाद पोखरेल, गोपाली प्रसाद सर्राफ र अमृत योन्जन तामाङलाई नियुक्त गर्ने

विभिन्न स्थानीय तहलाई जग्गा प्राप्तिका लागि स्वीकृत दिने

नेपाल दुरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा रवीन्द्र झा, लेखा तथा परीक्षण सदस्यमा गोकर्णप्रसाद सिटौलालाई नियुक्त गर्ने

नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव डा. गोपिकृष्ण खनाललाई बढुवा गर्ने,

नेपाल कृषि तथा वन सेवा सामूहीकरण तर्फको विशिष्ट श्रेणीको रिक्त पदमा डा. दीपककुमार खराललाई बढुवा गर्ने,

डा. संगीता कौशल मिश्रालाई स्वास्थ्य सेवाको १२ औं तहमा बढुवा गर्ने,

हेजिङ नियमावली २०७८ स्वीकृत गर्ने,

वैदेशिक रोजगारबाट फर्केका व्यक्तिका लागि पुन एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गर्ने,

नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न नयाँ विधेयक प्रस्ताव प्रस्तुत गर्ने निर्णय गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.