सत्ता गठबन्धनमा लोसपाको इन्ट्री !

सत्ता गठबन्धनमा लोसपाको इन्ट्री !

जनकपुरः स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरु चुनावी तालमेलको होडमा छन्। एमालेले राप्रपा लगायतका दलसँग तालमेलको तयारी गरिरहेको छ।

त्यसैगरी सत्ता गठबन्धनमा पनि चुनावी तालमेलको बहस तीव्र छ। गठबन्धन घटक दलहरुले कुन स्थानीय तहमा कसरी तालमेल गर्ने भन्ने बारे परामर्श सुरु गरिसकेका छन्। चुनावी माहोलका बीच एमालेसँग तालमेल गर्ने आंकलन गरिएको लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनसँग छलफल अघि बढाएको खुलेको छ।

मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोसपासँग गठबन्धन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरिरहेको खुलाएका हुन्। मधेशमा कार्यकर्ता प्रशिक्षणका लागि जनकपुर पुगेका प्रचण्डले लोसपालाई चुनावी तालमेलदेखि सरकारमै सहभागी गराउने विकल्पमा छलफल भइरहेको बताए। प्रधानमन्त्रीले लोसपासँग छलफल भइरहेको जानकारी आफूहरुलाई गराएको र छिट्टै मन्त्रिपरिषद् हेरफेर भई नयाँ अनुहार आउने उनले बताए। लोसपा सत्ता गठबन्धनमा सहभागी हुने र चुनावमा सहकार्य हुने प्रचण्डको संकेत थियो।

प्रचण्डले बोलेका कुरालाई पुष्टि हुनेगरी जनकपुरमै मंगलबार लोसपा अध्यक्ष महन्थ ठाकुरले चुनावी  तालमेलबारे सत्ता गठबन्धनसँग छलफल भइरहेको बताए। संविधान संशोधनलगायत आफ्ना माग सम्बोधनको सुनिश्चितता भएमा सरकारमासमेत सहभागी हुन सकिने उनको भनाइ थियो।

‘सरकारमा सहभागी हुन प्रस्ताव आएको छ। तर पार्टीले कुनै निर्णय लिइसकेको छैन। तर छलफल जारी छ। तराई मधेश मुद्दा र नागरिकता सवालमा सकारात्मक भए सरकारमा सहभागी हुन्छौं,’ उनले भने। उनकाअनुसार सत्ता गठबन्धनमा सामेल हुन लोसपाले नागरिकता सम्बन्धी मुद्दा, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दाहरु फिर्ता लिने विषय बटमलाइन बनाएको छ।

लोसपाभित्र केही नेताहरु एमालेसँग गठबन्धन हुनुपर्ने पक्षमा छन्। तर, अध्यक्ष ठाकुरले प्रधानमन्त्रीसँग सरकारमै सहभागी हुनेगरी गठबन्धनमा प्रवेशको लागि सम्वाद अगाडि बढाएका छन्।

लोसपाले यसअघि सरकारलाई विश्वासको मत दिएकाले पनि माग सम्बोधनको प्रतिबद्धता आए सरकारमा सहभागी हुन सकिने र चुनावमासमेत तालमेलको सम्भावना धेरै रहेको लोसपा नेताहरु बताउँछन्।

मन्त्रिपरिषद्‌मा हाल रक्षा मन्त्रालय र उद्योग मन्त्रालय खाली छ। सत्ता गठबन्धनका पाँच दलमध्ये कांग्रेसको भागमा ६ मन्त्रालय, माओवादी केन्द्रको पाँच मन्त्रालय, एकीकृत समाजबादी र जसपालाई ४/४ मन्त्रालय छ। जनमोर्चाले सरकारमा सहभागी हुन मानेको छैन। लोसपा सरकारमा सहभागी भए सत्ता गठबन्धन ६ दलीय हुनेछ भने भागबण्डा मिलाउँदा कम्तिमा ३ मन्त्रालय दिनुपर्ने हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.