माओवादीमा ९७ केन्द्रीय सदस्य थप, स्थानीय चुनावपछि एमसीसीमा छलफल

माओवादीमा ९७ केन्द्रीय सदस्य थप, स्थानीय चुनावपछि एमसीसीमा छलफल

काठमाडौँ : नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य थपेको छ।

केही जिल्ला र प्रदेशबाट सिफारिस कलस्टरसहित समेटेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९७ जना केन्द्रीय सदस्य थपेका हुन्।

शुक्रबारदेखि जारी केन्द्रीय समितिले अध्यक्ष दाहालले थपेका ९७ जनाको नाम पारित गरेको छ। अध्यक्ष दाहालले खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नाम पेस गरेका थिए। यससँगै माओवादी केन्द्रीय समिति ३४३ सदस्यीय बनेको छ। यसअघि पुसमा सम्पन्न आठौं महाधिवेशनले २४६ केन्द्रीय सदस्य चयन गरेको थियो।

‘केन्द्रीय समितिको थप ९७ जना थपिएको छ। केही मनोनीत र केही जिल्ला र प्रदेशहरुले कलस्टरहरुबाट थप्नुपर्ने थियो। त्यो सबै गरेर ९७ जना थप गरिएको छ,’ केन्द्रीय सदस्य राजु खड्काले भने ।

उनकाअनुसार केन्द्रीय समितिले एमसीसीको विषय टुंगो लगाएको छ। ‘एमसीसीमा जे जति भएको छ त्यसलाई यथावत राख्दै नोट अफ डिसेन्ट र अध्यक्षले गरेको प्रस्तावलाई यथावत राखेर स्थानीय चुनाव सकिने वित्तिकै छलफल गर्ने भनेर केन्द्रीय कमिटीले एमसीसीको विषयमा टुंगो लगाएको छ,’ उनले भने।

अहिले पार्टीभित्र देखिएका अन्तरविरोधलाई एकठाउँमा राखेर तलदेखि माथिसम्म सिंगो केन्द्रीय समितिलाई कार्यविभाजन गरेर चुनावी अभियानमा लैजाने निष्कर्ष पनि केन्द्रीय समितिले निकालेको छ।

नेता वर्षमान पुनले स्थायी समिति र पोलिटब्यूरो तथा पदाधिकारी चुनावपछि टुंगो लाग्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.