अवरोधका बीच संसदमा एमसीसी अघि बढ्छः गगन थापा

अवरोधका बीच संसदमा एमसीसी अघि बढ्छः गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विरोधका बीच अमेरिकी सहायता परियोजना ( एमसीसी) अघि बढ्ने बताएका छन् । संसद बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता थापाले यस्तो बताएका हुन् । उनले भने, 'आजको छलफलमा नेकपा एमालेका सांसदले भाग लिनुभयो ।

 मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, माओवादीका सांसदले भाग लिनुभयो । अब १२ गतेबाट सामान्य छलफल प्रारम्भ हुन्छ । छलफल आज जसरी भएको छ त्यसैगरी गर्नुपर्छ । नाराबाजीका बीचमा पनि छलफल हुन्छ भन्ने कुरा त आज नाराबाजी गर्ने सांसदहरुले छलफलमा भाग लिएर पुष्टि गरिसक्नुभयो । ’

थापाले थपेन,' प्रस्ताव राष्ट्रघाती भन्ने हो भन्ने माननीय भीम रावलले केपी ओली राष्ट्रघाती हो भनेर नारा लगाउनुपर्छ। एमसीसी राष्ट्रघाती भन्ने हो भने माओवादीका सांसदहरुले पुष्पकमल दाहाल मुर्दावाद भन्ने आँट गर्नुपर्छ । '


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.