नेपालमा दुई करोड नागरिक इन्टरनेटको पहुँचमा

नेपालमा दुई करोड नागरिक इन्टरनेटको पहुँचमा

काठमाडौं : नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड चार लाख नाघेको छ । नेपाल टेलिकमले सोमबार पत्रकार सम्मेलन गरी २०७८ असारसम्म दुई करोड ४ लाख तीन हजार ९८६ जना इन्टरनेटको पहुँचमा रहेको जनाएको छ । 

यस्तै, मोबाइल टेलिफोन ग्राहक संख्या दुई करोड चार लाख ९ हजार ५७८ छन् । टेलिकमका प्रवक्ता राजेश जोसीका अनुसार फोरजी सेवा विस्तार गर्ने क्रममा टेलिकम रहेको छ । 

उनले भने, ‘सबै प्रकारका टेलिफोन घनत्व ७०.४० प्रतिशत रहेको छ । ९२ प्रतिशत स्थानीय निकायमा फोरजी सेवाको पहुँच पुगिसकेको छ ।’ टेलिकमले स्थानीय टेलिफोन तथा एडीएसएल सेवालाई फाइवरमा रुपान्तरणका लागि आवश्यक तयारीसहित रुपान्तरणको कार्य सुरु भइसकेको टेलिकमले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.