साफ च्याम्पियनसिप : नेपाललाई फाइनल पुग्न कति कठिन ?

साफ च्याम्पियनसिप : नेपाललाई फाइनल पुग्न कति कठिन ?

काठमाडौं : सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा हालसम्म नेपाल पुग्न सकेको छैन। पाकिस्तानले आयोजना गरेको सो पहिलो साफमा नेपाल तेस्रो स्थानमा रह्यो। फाइनलमा पुग्न त्यसबेला आयोजक पाकिस्तान बाधक बनेको थियो।

हालसम्म तेस्रो स्थानभन्दा माथिल्लो उपलब्धि नेपालले हासिल गर्न सकेको छैन।

यसपटक भने नेपाल फाइनल पुग्ने लक्ष्यमा रहेको छ। अहिले नेपाल त्यो लक्ष्य नजिक रहेको छ। बुधबार (आज) हुने खेलले नेपालको लक्ष्य पूरा हुने/नहुने निश्चित गर्नेछ। 

आज नेपालले बंगलादेशको सामना गर्दैछ भने अर्को खेलमा भारत र आयोजक माल्दिभ्स भिड्दैछन्।

सिंगल राउन्डरोबिनका आधारमा खेलाइएको तीन खेलबाट ६ अंक रहेको नेपालले आज बंगलादेशसँग बराबरी गरे मात्रै पनि फाइनलको यात्रा तय गर्नेछ। बंगलादेश भने जित्नै पर्ने दबाबमा रहेको छ। उसले तीन खेलमध्ये एउटामा जित, एकमा बराबरी र एकमा हार व्यहोर्दै ४ अंक बटुलेको छ। 

माल्दिभ्स र भारतको समेत खेल उस्तै रहेको छ। भारत जित्नै पर्ने दबाबमा छ भने आयोजक माल्दिभ्स कम्तिमा बराबरीको लक्ष्यमा रहेको छ। भारत र माल्दिभ्सबीचको खेल बराबरी भए भारत बाहिरिने छ भने माल्दिभ्स घरेलु मैदानमा फाइनल पुग्नेछ। यसर्थ आजका खेललाई सेमिफाइनलका रूपमा हेरिएको छ।

श्रीलंका भने तीन खेलमा हार र एक खेलमा ड्र भएर च्याम्पियनसिपबाट बाहिरिसकेको छ। त्यस्तै कोभिड महामारीका कारण भुटानले खेलमा भाग लिएको छैन भने पाकिस्तान फिफाको प्रतिबन्धका कारण च्याम्पियनसिपभन्दा बाहिर रहेको छ। त्यस्तै अफगानिस्तानले भने सन् २०१३ मा एकपटक मात्र खेलेको छ।

फाइनलमा नेपाल यसरी पुग्न सक्छ
नेपालले आज बंगलादेशसँग कम्तिमा बराबरी गर्नुपर्नेछ। लगातार दुई खेल जितेको नेपाल तेस्रो खेलमा भारतसँग १–० ले पराजित भएपछि फाइनल यात्रा एक तह कठिन बनेको थियो। 

आज अपराह्न ४:४५ बजे हुने खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको खण्डमा सहज रूपमा फाइनलमा पुग्नेछ। हार व्यहोरेको खण्डमा भने नेपाल घर फर्किन बाध्य हुनेछ।

बंगलादेशसँगको हेड टु हेड 
पछिल्लो पटक नेपाल र बंगलादेश मार्चमा खेलेका थिए। थ्री नेशन कप अन्तर्गतको सो खेलमा नेपाल २–१ ले विजयीको थियो। साफ च्याम्पियनसिप अन्तर्गतका ५ खेललाई हेर्ने हो भने नेपालले ३ पटक जित्दा बंगलादेशले एकपटक जितेको छ भने एउटा खेल ड्र भएको छ। समग्र खेल हेर्दा बंगलादेश हाबी भएको देखिन्छ। 

सन् १९८३ देखि हालसम्म नेपालले ७ पटक जित हात पार्दा बंगलादेशले १३ पटक खेल आफ्नो पक्षमा पारेको छ। त्यस्तै दुई खेल ड्र भएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.