राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित

राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित

काठमाडौं : सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ।

सरकारलाई असहयोग गरेको, अर्थसम्बन्धी नीतिगत सूचनाहरु चुहाएको आरोप लगाउँदै अर्थ मन्त्रालयले अधिकारीलाई निलम्बनको पत्र थमाएको हो। अधिकारीमाथि छानविन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानविन समितिसमेत गठन गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। 

गभर्नर अधिकारीको कार्यशैलीप्रति अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट थिए। अधिकारी र शर्माबीच लामो समयदेखि व्यक्तिगत टसल परेको थियो। अधिकारीमाथि मुख्यत: मुलुकको अर्थतन्त्रबारे गलत अफवाह फैलाएको र गम्भीर प्रकृतिको सूचना चुहाएको आरोप लगाइएको छ।

पछिल्ला दिनमा टाट पल्टिएको श्रीलंकासँग तुलना गरेर नेपालको अर्थतन्त्र नकारात्मक बाटोतर्फ अग्रसर भइरहेको भन्दै चर्चा भइरहेको छ।

अधिकारी निलम्बनमा परेसँगै वरिष्ठतम् डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.