प्रशासनका अधिकृतद्वारा अन्नपूर्णकर्मीमाथि दुर्व्यवहार

प्रशासनका अधिकृतद्वारा अन्नपूर्णकर्मीमाथि दुर्व्यवहार

नुवाकोट : जिल्ला प्रशासन कार्यालय नुवाकोटका एक अधिकृतले अन्नपूर्णकर्मी देवचन्द्र भट्टलाई दुर्व्यवहार गरेका छन्। सेवाग्राहीको गुनासोका विषयमा जानकारी लिन पुग्दा अधिकृत सुरेश श्रेष्ठले अन्नपूर्णकर्मी भट्टलाई गालीगलौज गर्दै आक्रमणसमेत गरेका छन्।

पहिलेदेखि नै अधिकृत श्रेष्ठको कामप्रति धेरै गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय पुगेका ४२ वर्षीय पत्रकार भट्टमाथि अधिकृत श्रेष्ठले आफ्नो पदिय मर्यादा र ओहदासमेत बिर्सिएर कार्यालय समयमै कार्यकक्षमा सहायक प्रमुख जिल्ला अधिकारी तथा उपसचिव वेदप्रसाद अर्यालकै अगाडि गालीगलौज गर्दै आक्रमण गरेका हुन्। उनले आफु सेवक भन्ने भावना बिर्सिएर शासक भन्ने आशयुक्त अभिव्यक्ति दिदै ‘मैले तँलाई मात्र एटिच्युड देखाएको हो, तैले के गर्न सक्छन् मन लागेको गर’ भन्दै आफ्नो कुर्सीबाट उठेर पत्रकार भट्ट बसेको स्थानमा पुगेर आक्रमणको प्रयास गरेको प्रत्यक्षदर्शीहरु बताउँछन्। 

अधिकृत श्रेष्ठले आफ्नो जीवनको २३ वर्ष पत्रकारितामै बिताएका देवचन्द्र भट्टमाथि गालीगलौज र आक्रमण गरेको दर्जनौ सेवाग्राही र आफैंले प्रत्यक्ष देख्दासमेत सहाय प्रमुख जिल्ला अधिकारी अर्यालले कुनै पनि कारवाही गर्न नसकेको पत्रकार भट्टले बताए। यस सम्बन्धमा पत्रकार भट्टले शुक्रबारै नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाललाई तत्काल उजुरीसहित जानकारी गराउँदासमेत कुनै सुनुवाई नगरेको पत्रकार भट्टले गुनासो गरे। 

शारिरीक रुपमा अशक्त एक जना पुराना कलाकार यादव वैरागी आफ्नी धर्मपत्नीको नेपाली नागरिकता बनाउन आवश्यक कागजपत्रसहित जिल्ला प्रशासन कार्यालय पुगेको कलाकार वैरागीको परिवारलाई समेत अधिकृत श्रेष्ठले मान्छे बोकेर आउने भन्दै धम्कीयुक्त भाषा बोलेको कलाकार वैरागीले बताए। अधिकृत सुरेश श्रेष्ठको कार्यशैलीप्रति प्रशासकै अधिकांश कर्मचारीसमेत आक्राशित र असन्तुष्टी रहेको कर्मचारीहरुले बताए।

उनले कार्यालयमा आएका सेवाग्राहीलाई हकार्ने र झपार्ने गरेको समेत पाइएको छ। अधिकृत श्रेष्ठमा आफुलाई प्रशासनको कर्मचारी हुं, मलाई कस्ले छुन सक्छ भन्ने घमण्ड रहेको स्वम नुवाकोट प्रशासनकै कर्मचारीहरुले बताए। 

पत्रकार भट्टले उनीमाथि भएको आक्रमण, कर्मचारी आतंक तथा गालीगलौज गर्ने अधिकृत श्रेष्ठमाथि कारवाहीको माग गर्दै शुक्रबार नै गृहमन्त्रालयमा सम्बन्धित विभागका प्रमुख तथा सहसचिव मुकुन्द निरौलासमक्ष उजुरी दिएका छन्। यस सम्बन्धमा पत्रकार भट्टले पत्रकार र पत्रकारितासँग आवद्ध विभिन्न संघसंस्थामा उजुरी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.