पोर्चुगल पठाउने भन्दै ४० लाख ठगी गरेकाे आराेपमा २ जना पक्राउ

पोर्चुगल पठाउने भन्दै ४० लाख ठगी गरेकाे आराेपमा २ जना पक्राउ

काठमाण्डौं : पोर्चुगलमा आकर्षक कमाइ हुने र होटल तथा रेष्टुराँमा काम लगाइदिने भन्दै २ जनाबाट ४० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाण्डौ-३२ कोटेश्वरस्थित युनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालिका सञ्चालक र व्यवस्थापक रहेका छन् । ट्राभल सञ्चालक बाग्लुङ गल्कोट-६ घर भै हाल मैतिदेवीका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक सर्लाही बाग्मती-१ घर भै हाल ललितपुर बस्ने २४ वर्षीय समिर कार्की छन् ।
 
महानगरिय अपराध महाशाखाका अनुसार उनीहरुले वर्किङ भिषामा पोर्चुगल जान प्रतिव्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ भनि प्रलोभनमा पारेका थिए । 

उनीहरुले ४ जना पीडितहरूबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रुपैयाँ लिई ठगी गरेका थिए । महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । थप अनुसन्धानको लागि उनीहरूलाई महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ‌ पठाइएको प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.