विश्व राजनीतिको ऐतिहासिक दिन: पैदलै हिँडेर किम जोङ्ग दक्षिण कोरिया छिरे, राष्ट्रपति मुनसँग भेटवार्ता

विश्व राजनीतिको ऐतिहासिक दिन: पैदलै हिँडेर किम जोङ्ग दक्षिण कोरिया छिरे, राष्ट्रपति मुनसँग भेटवार्ता

एजेन्सी: उत्तर कोरियाका शासक किम जोङ्ग उनले परमाणु हतियारलार्इ लिएर जारी तनावबीच सीमा पार गरेर दक्षिण कोरियाका राष्ट्रपति मून जे इनसँग भेटवार्ता गरेका छन् ।

किम जोङ्ग उन दक्षिण कोरियामा आणविक संकटमाथि हुनेवाला सम्मेलनमा भाग लिन पुगेका हुन् । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग ऐतिहासिक कदम चाल्दै कोरियाली सम्मेलनमा भाग लिन पैदल नै हिँडेर शुक्रबार दक्षिण कोरिया प्रवेश गरेका हुन् । 

किम जोङ्ग उन १९५०-५३ को कोरियाली युद्ध समाप्तीपछि दक्षिण कोरियाको धर्तीमा कदम राख्ने पहिलो उत्तर कोरियाली शासक हुन् ।

उत्तर कोरियाको तर्फबाट नौ सदस्यीय प्रतिनिधिमण्डलमा देशका मानार्थ अध्यक्ष किम योङ्ग नैम, विदेश मन्त्री री योङ्ग हो र किमकी बहिनी किम यो जोङ्ग पनि सहभागी छन् । 

किम यो जोङ्ग उत्तर कोरियाको वर्कर्स पार्टीका प्रोपोगन्डा र एजिटेशन डिपार्टमेन्टकी निर्देशक हु्न् । किम यो जोङ्गले दक्षिण कोरियामा शीतकालीन ओलम्पिक खेलका क्रममा सियोलको ऐतिहासिक भ्रमण गरेकी थिइन् । 

सम्मेलनको बिहानको सत्रपछि दुवै पक्षले एक सांकेतिक समारोहमा साथ मिलेर वृक्षरोपण गर्ने छन् । त्यसभन्दा अघि दुवै पक्षले अलग-अलग बिहानको खाना खानेछन् । त्यसपछि दुर्इ नेताबीच संक्षिप्त र अनौपचारिक वार्ता हुनेछ । 

सियोलका एक प्रवक्ताका अनुसार यस बैठकको अन्त्यमा मून र किम जोङ्ग उन एक सम्झौतामार हस्ताक्षर गर्नेछन् । त्यसपछि दुर्इ देशले एक संयुक्त घोषणा गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.