पर्खालमा च्यापिएका बालकलार्इ जोगाउन जाँदा काकीको पनि ज्यान गयो

पर्खालमा च्यापिएका बालकलार्इ जोगाउन जाँदा काकीको पनि ज्यान गयो

गुलरियाः बढैयाताल गाउँपालिका–५ स्थित कच्ची घरको पर्खाल भत्किँदा दुईजनाको मृत्यु भएको छ । स्थानीय ललित पुनको घरको पर्खाल भत्किँदा उनका १२ वर्षीय छोरा दीपेन्द्र पुनको घटनास्थलमा र ३१ वर्षीया भाइबुहारी सुनिता पुनको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख डिएसपी युवराज खड्काका अनुसार घरको भित्ता भत्किएर च्यापिएका बच्चालाई तान्न जाँदा पुन पर्खाल भत्किएर सुनिता घाइते भएकी थिइन् । 

बिहान परेको वर्षाका कारण घरको पर्खाल कमजोर भई भत्किएको उनले बताए । शुक्रवार बेलुकी भएको घटनापछि स्थानीय स्तब्ध भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.