डा. उपेन्द्र देवकोटालाई देख्दा... (भिडियो)

डा. उपेन्द्र देवकोटालाई देख्दा... (भिडियो)

काठमाडौं : वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था बुझ्न बिहानै जाँदा बाँसवारीस्थित न्यूरो अस्पताल सुनसान थियो। अस्पतालमै भर्ना भएका विरामीका आफन्तहरू पनि डा. देवकोटा बाहिर निस्कने आसमा देखिन्थे।

अस्पतालको भुईँ पुछ्दै गरेकी अस्पतालकी कर्मचारीलाई सोध्दा डा. देवकोटा माथि रहेको बताइन्। प्रत्यक्ष हेर्ने इच्छाले  झण्डै दुई घण्टा एक्लै कुर्दा ७ बजेर ५५ मिनेटमा उनी झुल्किए। त्यतिबेलासम्म पाँच जना सञ्चारकर्मी जम्मा भएका थियौं। उनलाई देखेपछि म नजिक गएँ।

नर्सले दिएको चम्चाबाट उनले पानी पिए। हल्का मुस्काए। उनी फ्रेस देखिन्थे।

उनी बसेको ह्विलचेयरलाई स्वास्थ्यकर्मीले विस्तारै गुडाउँदै बायाँतर्फ फन्का लगाए। उनलाई अस्पतालको इमर्जेन्सीसम्म लगियो। र, त्यसपछि ह्विलचेयर गुडाउँदै बाहिरको दृश्य देखिने अस्पतालको भित्री कक्षमा लगियो।

उनलाई पत्नी डा. मधु देवकोटा दिक्षीत फ्रेस गराउँदै थिइन।

सञ्चारकर्मीहरूलाई अस्पतालभित्रको यो दृश्य फोटो वा भिडियोमा खिच्न अनुमति थिएन। फोटो/भिडियो नखिचिदिन आग्रह नै गरिएको थियो। 

आम चासोरहेको डा. देवकोटाका बारेमा शुक्रबार रातिदेखि नै अनेक अफबाह फैलिएका थिए। के हो/होइन चारैतिर अन्योल रहेका बेला उपेन्द्र ह्विलचेयरमा आएको फोटो खिच्ने वा नखिच्ने? भिडियो खिच्ने वा नखिच्ने ? पत्रकारिताको 'इथिकल' प्रश्नका बीच पाठकको जिज्ञासा मेटाउनमात्र भए पनि मैले केही फोटो/भिडियो खिचेँ।

उनी आउँछन्, सबैमाझ मुस्कुराउँछन् र भित्र जान्छन्, यही सन्देश पाठकमाझ जाओस् भनेर हामीले भिडियो पोस्ट् गरेका छौँ। 

अस्पताल र परिवारले भने- सघन उपचार चलिरहेको छ

उनका परिवारका सदस्य र अस्पतालले मौखिक रुपमा विस्तृत जानकारी सञ्चारकर्मीलाई दिइएन। यद्यपि डा. देवकोटाको स्वास्थ्य स्थितिको बारेमा गम्भीर चासो व्यक्त गर्दै विभिन्न क्षेत्रबाट स्वास्थ्यलाभको कामना गरिएकोमा अस्पताल र देवकोटाको परिवारले आभार प्रकट गरेको छ।

डा. देवकोटाको परिवार र अस्पताल परिवारले जारी गरेको संयुक्त विज्ञप्तिमा डा. देवकोटाको स्वास्थ्य स्थिति गम्भीर भएको र सघन उपचार चलिरहेको जनाइएको छ। सामाजिक संञ्जालहरूमा सम्प्रेषित खबर सत्य नरहेको उल्लेख गर्दै 'अस्पतालबाट जारी गरिने आधाकारिक जानकारी बाहेक अन्य सूचनालाई विश्वास नगर्न' अनुरोध गरिएको छ।

डा. देवकोटाले जुस लिने गरेको उनका एक सहयोगीले बताए।

पित्त थैलीको क्यान्सर भएपछि सघन उपचार कक्ष (आइसियू) उपचार गराइरहेका डा. देवकोटा गत वैशाख १५ गते बेलायतबाट स्वदेश फर्किएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि पाँच महिनासम्म उनले बेलायतमै उपचार गराएका थिए।

उपचार सम्भव नभएपछि उनी जीवनको अन्तिम क्षण नेपालमै बिताउने निर्णय गरी स्वदेश फर्किएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.