‘मिश्रित निर्वाचन प्रणाली’ को दोष के हो ?

‘मिश्रित निर्वाचन प्रणाली’ को दोष के हो ?
सुन्नुहोस्

नेपालको राजनीतिमा ‘अस्थिर सरकार’ वा ‘अस्थिर गठबन्धन’को दोष सजिलैसँग सतहीरुपमा अलिकति पनि विचार नगरिकन प्रतिनिधि सभाको ‘मिश्रित निर्वाचन प्रणाली’माथि थोपरेर आफ्नो बौद्धिकता प्रदर्शन गर्न हतारिने गरेको देखिन्छ। यसरी हतारमा झट्ट बोल्दा वा लेख्दा यसले समाजमा कस्तो दूरगामी मनोवैज्ञानिक, सामाजिक र राजनीतिक असर परिरहेको छ, त्यसबारेमा गम्भीर विचार गर्न क्षणिक पनि ध्यान नदिने अर्को गल्ति पनि सँगसँगै गरेको देखिन्छ।

केही मानिसहरुका अवगुणहरु लुकाउने, केही मानिसहरुका कमजोरीहरुलाई ढाकछोप गर्ने, केही मानिसहरुका अस्थिर र विचलित मानसिकतामा पर्दा लगाउने, सहमति र सहकार्यको संस्कृतिलाई आत्मसात् नगर्ने प्रवृतिलाई चोख्याउने र केही मानिसहरुका नियोजित र गुप्त स्वार्थहरु सिद्ध गर्ने गलत प्रयत्नहरुलाई वैधानिकता दिने मतियार कुनै पनि प्रकारको निर्वाचन प्रणाली कसरी हुन सक्छ र ?

अहिलेको तरल अवस्थामा देखिने र नदेखिने सबै प्रकारका षड्यन्त्रहरुबाट हामी सबै चनाखो र सजग हुनु आवश्यक छ। दोष मिश्रित निर्वाचन प्रणालीको होइन, दोष ‘चरम अस्थिर मानसिकता’ र गुप्त प्रलोभनको हो।

दोष मिश्रित निर्वाचन प्रणालीको होइन, दोष मिश्रित निर्वाचन प्रणालीको पवित्र उद्देश्यहरु र असल विशेषताहरु विपरीत यसको चरम दुरुपयोग गर्ने कर्ताहरु र कर्महरुको हो।

संसारमा गुण नै गुण भएको र अलिकति पनि अवगुण नभएको कुनै यस्तो निर्वाचन प्रणाली छ र ? निर्वाचन प्रणालीमा भएको गुणहरुलाई अवलम्बन गर्दै र यसमा भएका कमिकमजोरी र दोषहरुलाई सुधार गर्दै अगाडि बढ्नु बुद्धिमानी हुनेछ।

सबै निर्वाचन प्रणालीमा गुणहरु र दोषहरु हुन्छन्। सबै निर्वाचन प्रणालीका आ-आफ्नै विशेषता र उद्देश्यहरु हुन्छन्। निर्वाचन प्रणालीलाई स्वीकार गर्दा नै यसका गुणहरु, दोषहरु, विशेषताहरु र उद्देश्यहरुलाई पनि सँगसँगै स्वीकार गरिएका हुन्छन्।

देशको राजनीतिमा वा गठबन्धनमा वा विभिन्न राजनीतिक दलहरुमा वा संवैधानिक प्रक्रियाहरुमा समस्या आउँदा हरेक पटक निर्वाचन प्रणाली फेर्ने हो भने यसले देशको कस्तो भविष्यको भविष्यवाणी गर्छ ? एकछिन गम्भीर भएर सोचौं।

नेपालमा अहिले दुई सदनात्मक (प्रतिनिधि सभा र राष्ट्रिय सभा) संसदीय व्यवस्था रहेको छ। आजको दिनसम्म यो संवैधानिक यथार्थ हो।

के प्रतिनिधि सभाबाट मिश्रित निर्वाचन प्रणाली हटाएर प्रतिनिधि सभा सदस्यको चयन ‘प्रत्यक्ष निर्वाचन प्रणाली’बाट गर्दैमा प्रतिनिधि सभामा एउटा दलको मात्रै बहुमत आउने, सरकार स्थिर हुने, गठबन्धन स्थिर हुने वा देशको राजनीतिमा वा गठबन्धनमा, संवैधानिक प्रक्रियाहरुमा समस्याहरु नआउने हुन्छ र ? यसको ग्यारेन्टी कसले गर्न सक्छ ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.