पर्यटकीय राइमण्डललाई प्रवर्द्धन गर्ने कि ?

पर्यटकीय राइमण्डललाई प्रवर्द्धन गर्ने कि ?

नेपालको मुख्य आयस्रोतमध्ये एक पर्यटकीय क्षेत्र पनि पर्दछ। तर यस्ता क्षेत्रहरू खोज अनुसन्धान एवं निर्माणमा सरकार आफैं असक्षम छ। यसको ज्वलन्त उदाहरण भनेको मधेस प्रदेशमा रहेको राइमण्डल क्षेत्र र त्यस वरिपरि प्राकृतिक संरचनाहरू हुन। यो क्षेत्र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका स्थित उत्तरी भेगमा पर्दछ। बर्दिवास वडा नं ३ भब्सीमा रहेको यस क्षेत्र प्राकृतिक सौन्दर्यको खानीजस्तै छ। 

अनुमानित पाँच सय मिटरभन्दा अग्ला पहाडहरू यहाँ अवस्थित छन् र ती पहाड आफैंमा सुन्दर छन्। दैवी शक्तिको खानी रहेको त्यहाँका स्थानीय बताउँछन्। यसै क्षेत्रमा जनकपुरस्थित जानकी मन्दिरको हुबहु दृश्य यहाँ देख्न पाइन्छ। तर यहाँ एउटा सिंगो पहाड नै जानकी मन्दिर झै रहेको छ। २०७०/०७१ तिर यस क्षेत्रमा हजारौं भक्तजनहरूको आगमन हुन्थ्यो। तर सरकारले यस क्षेत्रमा खासै वास्ता नगर्दा अहिले यहाँ उजाड भएको छ।

अझै थप्दै उनी भन्छन्, कुनै समयमा यहाँ भ्यु टावर बनाउने, यो गर्ने त्यो गर्ने भनेर ठूलै भाषण भए। तर पुनः फर्केर हेरिएन। अहिले पनि त्यस्तै छ। केही वर्ष अगाडिसम्म यहाँ भीरमा गिद्धहरू टन्नै पाइन्थे। एउटा परेवाभिर भन्ने सिंगै पहाड छ। सिकारहरूका कारण त्यहाँ अहिले परेवाहरू देखिँदैनन्। तल महादेवको मन्दिर माथि ठूलाठूला पहाड छन् जहाँबाट पूरै दृश्य देखिन्छ। राइमण्डल माथिबाट बर्दिवास नगरपालिकाको दृश्य छर्लंग देखिन्छ। यहाँबाट बर्दिवास, लालगढ, ढल्केबर, रामनगर, चिनी मिल, गौशाला आदिको सम्पूर्ण दृश्य देखिन्छ।

यहाँबाट जिपलाइन गर्ने हो भने पर्यटक टन्नै आउनेमा कुनै शंका छैन। त्यहाँ अलिभित्र विभिन्न देवीदेवताका आकृति भएका ढुंगाहरू धेरै पाइन्छन्। बडेमानका ढुंगाहरू यस क्षेत्रको सौन्दर्यको अर्को ठूलो नमुना मानिन्छन्। धार्मिक कुरा गर्ने हो भने यहाँ विभिन्न देवीदेवताको वास रहेको मानिन्छ। 

कुनै कुनै बेला यहाँ मन्दिर माथि आफैं बत्ती बल्ने गर्छ भने कुनै बेला राइमण्डल क्षेत्रमा दैविक शक्ति रहेको अनुमान गरिन्छ र त्यसको असर हुने गरेको छ। समग्रमा भन्नुपर्दा यो क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास भएमा यो मधेस प्रदेशको सान हुने अनुमान गर्न सकिन्छ। मधेस प्रदेशमा अरूको तुलनामा पर्यटकीय गन्तव्यस्थलहरू एकदमै न्यून रहेको छ। महोत्तरी क्षेत्रमा नै घुमौं भन्ने त्यस्तो प्राकृतिक सौन्दर्यरूपी पर्यटकीय स्थल नहँुदा पनि र यस क्षेत्रमा यति धेरै सम्भावना हुँदा पनि यहाँ तिनै तहका सरकारको ध्यानाकर्षण भएको छैन। बर्दिवास व्यापारिक केन्द्रबिन्दु हुँदैछ तर यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि कुनै घुम्ने स्थान छैन।

यस क्षेत्रलाई केही बनाउनु पर्छ भन्दै केही स्थानीय युवाले धार्मिक पर्यटकीयस्थल बनाऔं भन्दै राइमण्डल प्रवर्द्धनका लागि अभियान नै सञ्चालन गरेका छन्। तर यो कतिञ्जेल चल्ने हो ? भन्न सकिन्न। कारण, सरकार मौन छ। यो त एउटा उदाहरण मात्र हो, नेपालमा यस्ता कयौं राइमण्डल होलान् जसमा आज पनि कसैको ध्यानाकर्षण हुन सकेको छैन।
– विजय पोखरेल, बर्दिबास, महोत्तरी 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.